काठमाडौं – संसदीय उपसमितिले तारागाउँ रिजेन्सी होटल्सलाई हक हस्तान्तरण गरिदिएको १५० रोपनी जग्गा नेपाल सरकारको स्वामित्वमा ल्याउन सरकारलाई निर्देशन दिएको छ ।
संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समिति अन्तर्गतको उपसमितिले आइतबार समितिलाई प्रतिवेदन बुझाउँदै उक्त जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको हो। तत्कालिन तारा गाउँ विकास समितिको नाममा रहेको १५० रोपनी जग्गा होटलको नाममा रजिस्ट्रेसन पास गरिदिएको विषयमा छानबिन गर्न समेत निर्देशन दिइएको छ।
उपसमितिले तारा गाउँ विकास समितिको १५४ रोपनी जग्गा हडप्ने किसिमले अख्तियारको दुरुपयोग गर्दै गरेको गैरकानूनी लिज सम्झौता प्रक्रिया पु¥याई रद्द गर्न समेत निर्देशन दिएको छ। तारागाउँ रिजेन्सीले आफूलाई घाटामा गएको देखाई आफूलाई लाभ हुने गतिविधि गरेको भन्दै यस विषयमा पनि छानविन गर्न निर्देशन दिएको छ।
सांसद अग्नि सापकोटाको नेतृत्वमा तारा गाउँ रिजेन्सी होटल्समा भएको अनियमितता छानबिन गर्न संसदीय समितिले उपसमिति गठन गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४