मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सरकारले विद्यार्थीको बालमनोविज्ञानमा ख्‍याल गरेन : महर

सरकारले विद्यार्थीको बालमनोविज्ञानमा ख्‍याल गरेन : महर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष नैनसिंह महरले वारा  र पर्साका हावाहुरी प्रभावित विद्यार्थीको बालमनोविज्ञानमा नराम्रो असर परेको पाइएको बताएका छन्। प्रभावित क्षेत्रमा पुगेर पीडितलाई राहत सामग्री प्रदान गरेका नेता महरले आफूले बालवालिको मनोविज्ञानमा नराम्रो असर परेको पाएको बताएका हुन्।

स्कुल जान नपाउँदा उनीहरु भविश्यप्रति चिन्तित बनेको बताउँदै महरले सरकारले बालवालिकाको संरक्षण र मनोवल उच्च पार्ने कुनै काम नगरेको गुनासो गरे। प्रभावित क्षेत्रमा सरकारी तवरबाट भन्दा पनि विभिन्न संघ संस्थाबाट प्रयाप्त राहत पुगेको र अब त्यसलाई ब्यवस्थित रुपमा प्रदान गर्नतर्फ समेत सरकारले ध्यान दिनु पर्ने बताए। 

‘हावाहुरी र पानी पर्न सुरु भइसकेको छ। गर्मी मौसम सुरु हुँदैछ। यस्तो अवस्थामा तराईमा सर्प र मच्छरको पनि निकै भए हुन्छ’, नेता महरले भने, ‘यति बेला पीडितलाई ओत लाग्ने छानोकोसमेत प्रमुखताका साथ आवश्यकता छ। त्यस तर्फ सरकारले ध्यान दिनुपर्छ।’ उनले सरकारले काम भन्दा कुरा मात्रै गरिरहेको आरोपसमेत लगाएका छन्। छिटो भन्दा छिटो पीडितको घाउँमा मलम लगाउने काम गर्न महरको सरकारसँग आग्रह छ। 

बराको फेंटा गाउँपालिका भलुहीरभर्वलीया पुगेर उनी नेतृत्वको टोलीले पीडितलाई राहत प्रदान गरेको छ। उक्त क्षेत्रमा हावाहुरीबाट १३ जनाले ज्यान गुमाएका थिए।

उनी नेतृत्वको टोलीले ८० परिवारलाई चामल, दाल, तरकीरी, त्रिपाल, टुथ पेस्ट, व्रस, पानी, फ्रुटी लगायतका सामाग्री प्रदान गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।