मंगलबार, वैशाख ११, २०८१

आजका अखबार : सचेत नभए अर्को विपत्को खतरा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं - काठमाडौंबाट शनिबार प्रकाशित राष्ट्रिय दैनिकले फरक फरक विषयलाई आफ्नो प्राथमिकतामा पारेका छन्। 

शनिबारको नागरिक दैनिकले भने बारा र पर्सामा आएको आँधीले पुर्‍याएको क्षतीबारे सचेत नभए पुनः अर्को विपत्ती निम्तन सक्ने तर्फ सचेत गराउँदै समाचार प्रकाशन गरेको छ। 

हावाहुरीबाट प्रभावित गाउँबस्ती आगलागीसहित महामारीको उच्च जोखिममा रहेका छन्। २०७२ सालल वैशाख १२ गते र त्यसपछिका पराकम्पबाट राजधानी काठमाडौंसहित ३१ जिल्ला प्रभावित बने। भूकम्पमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए भने २२ हजार ३ सय घाइते भए। ४ लाख ९८ हजार ८ सय ५२ निजी घर, २ हजार ६ सय ५६ सरकारी भवन र १९ हजार विद्यालय भवन नष्ट भए। प्रभावितलाई पुनस्र्थापना गर्ने काम अझै सकिएको छैन।
 
राहतपछिको पुनस्र्थापनामा सरकारले तत्काल निर्णय लिन नसक्दा वास्तविक प्रभावितभन्दा नक्कली प्रभावितको संख्या बढ्दै गएको अनुभव सरकार र मातहतका निकायसँग छ। तर, त्यसपछि आइपरेका विभिन्न विपत्तिमा राज्य संयन्त्रले मात्र होइन राजनीतिक नेतृत्वले पनि पाठ सिक्न सकेको देखिएन। जसले गर्दा बारा र पर्सामा पनि विगतकै समस्या दोहोरिने संकेत देखिएको छ। 

यस्तै नागरिक दैनिकले नै घोडेजात्रा ठूलाबडाको मात्र शिर्षकको समाचारलाई समेत प्राथमिकतामा राखेको छ। 

सेनाले सर्वसाधारणलाई जात्रा हेर्ने सहज व्यवस्था नमिलाउँदा कतिपय रुखमा चढ्छन, कतिपय बारमा झुन्डिनछन् भने कतिपय वरिपरिका अग्ला भवनका छतमा पुग्छन्। जसले जोखिम बढाएको छ।
 
काठमाडौंबाटै प्रकाशित शनिबारको कान्तिपुर दैनिकले चिकित्सकले आफूहरुलाई संघीय सरकार  मातहत राख्न माग गर्दै आकस्मिक वाहेकका सम्पूर्ण सेवा बन्द गराएपछि बिरामीहरुमा पर्न गएको मारलाई प्राथमिकतामा राखेको छ।
 
कान्तिपुरले २४ घण्टा भोकै सुताएपछि भनियो–अप्रेशन हुन्न, घर जानुस् शिर्षकमा उक्त समाचार प्रकाशन गरेको छ।
 
समायोजनमा असहमति जनाउँदै सरकारी चिकित्सकले गरेको आकस्मिकबाहेकका  सेवा बहिष्कार आन्दोलनका कारण शुक्रबार देशभर ५० हजारभन्दा बढी बिरामी मर्कामा परे। 

यस्तै शनिबारको नयाँ पत्रिका दैनिकले शताब्दीआसपासका दम्पती शिर्षकमा सय वर्ष उमेर पुग्न थालेका दम्पतीका बारेको समाचार प्राथमिकताका साथ प्रकाशन गरेको छ।

विरलै मानिस शतायु बाँच्छन्। अझ भाग्यमानीले मात्रै त्यतिन्जेल दाम्पत्य सुख पाउँछन्। शताब्दीपुरुष सत्यमोहन र राधा जोशी हुन् वा इलामका टंकनाथ र इन्द्रछाया भुर्तेल, राष्ट्रकवि माधव घिमिरे र महाकाली अधिकारी हुन् वा रसुवाका नुर्पुछोवाङ र छिरिङ घले हुन्, शताब्दी उमेरको ढोका ढक्ढक्याउँदासम्म उनीहरुलाई दम्पतीको साथ छ। केटाकेटीमै बिहेबन्धनमा बाँधिएका यस्ता कतिपय जोडीले जीवनमा हजारौं उतारचढाव भोगेका छन्। सुख विरलै पाएका यी दम्पती दुःखमका पनि कहिल्यै आत्तिएनन्, एक–अर्काको आडभरोसामा दुःख पन्छाउँदै सधैँ अगाडि बढे।

यस्तै कान्पिुर दैनिकले नै काठमाडौंमा तीन दिन चलेको न्यायाधीश सम्मेलनमा उठेका कुरालाईसमेत प्रकाशन गरेको छ। संसदीय सुनुवाइ हटाउन न्यायाधीशले सम्मेलनमा माग गरेका छन्। सम्मेलनले ९ बुँदे घोषणापत्र जारी गरेको छ। घोषणापत्रमा न्यायपरिषद्को संरचना फेर्नुपर्ने, न्यायाधीशको उमेरहद बढाउनुपर्ने, न्यायाधीश तथा कर्मचारीको सुविधा निर्धारण गर्दा सर्वोच्च अदालतलाई सोध्नुपर्ने र जिल्ला अदालतका न्यायाधीशलाई तालिमका लागि छुट्टै बजेटको व्यवस्था गर्नुपर्ने माग गरिएको छ।     
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।