शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत २२ गते शुक्रबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

भेरी–बबईको सुरुङ निर्माण सकियो, प्रधानमन्त्रीले 'ब्रेक थ्रु' गर्ने 

 भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माण कार्य सकिएको छ। नेपालमै पहिलोपटक टनेल बोरिङ मेसिन (टिबिएम) को प्रयोग गरी निर्माण सुरु गरिएको आयोजना बिहीबार मात्रै सुरुङ खन्ने काम सकिएको छ। तर, बैशाख ३ गते मात्रै सुरुङ निर्माण सकिएको औपचारिक घोषणा गरिने छ।

‘सुरुङ निर्माण त सकियो तर यसको औपचारिक घोषणा गर्न बाँकी छ।’ आयोजना निर्देशक सञ्जिव बरालले भने, ‘प्रधानमन्त्रीले घोषणा गरेपछिमात्रै ब्रेक थ्रु भन्ना मिल्ला।’ बरालका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुङको प्रस्थान विन्दु सुर्खेत चिप्लेमा पुगेर बैशाख ३ मात्रै सुरुङ निर्माण सकिएको घोषणा गर्नेछन्।

यस्‍तो रह्‍याे घोडेजात्रा (फोटो फिचर)

चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ। 

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

समृद्धि सपना : हावाहुरी अनुमान गर्न नसक्ने हाम्रो विज्ञान !

बारा पर्सामा हावा हुरीले वितण्डा मच्चाउनुपूर्व नै जानकारी पाउनु त परै, जनधनको क्षति गरेर जाँदासम्म नेपाली मौसमविद्हरूले त्यो के हो, के थियो, कस्तो हुरी हो, कसरी भयो भन्ने जानकारी दिन सकेनन् । जब कि छिमेकमै भारतको विहारमा भने त्यहाँका बासिन्दाले ठूलो हुरी हुन्डरी आउने सूचना पाएर सुरक्षाका उपाय अपनाइसकेका थिए ।
 
अमेरिकाका तटीय क्षेत्रमा सालिन्ने समुद्री तुफान आउँछ, ताण्डव मच्चाएर जान्छ तर त्यस ताण्डवका बावजुद पनि क्षति भने धेरै हुन पाउँदैन । मानिस सुरक्षित स्थानमा सारिन्छन् । पछिल्लो समयमा भारतमै पनि मौसम पूर्वानुमानका क्षेत्रमा भएको प्राविधिक उन्नति र सटिक विश्लेषणका कारण नगण्यप्रायः क्षति हुने गरेको छ । मौसम प्रतिकूल रहुन्जेल अर्को सुरक्षित बासस्थानको प्रबन्ध गरिन्छ । विश्वका कुनै पनि मुलुक प्राकृतिक विपत्तिमुक्त छैनन् किनभने पृथ्वी बनेको नै विपत्ति नै विपत्तिका बीच हो ।

गुटबन्‍दीले दलदलमा फस्दै कांग्रेस

चैत २० र २१ गते काठमाडौंको ठमेलस्थित होटल काठमाडौंमा नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको गोप्य भेला सम्पन्‍न भएको छ। बुधबार ३४ जना सभापतिहरु जम्मा भएको भेलामा भोलिपल्ट अर्थात् २१ गते ५४ जना सहभागी भएका थिए। भेलामा सहभागी सभापतिहरुले केन्द्रीय समितिले बहुमतका आधारमा महासमितिका निर्णय उल्ट्याएको भन्दै निर्णय नसच्‍याए पार्टीको विषेश महाधिवेशनका लागि हस्‍ताक्षर अभियान सुरु गर्ने चेतावनी दिएका छन्। 

परीक्षा केन्द्रभित्र कसरी पुग्यो मोबाइल ?

परीक्षा अगावै प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको माध्यमिक शिक्षा परीक्षा शुक्रबारदेखि पुनः सञ्चालन भएको छ। घटनामा प्रहरी  नै संलग्न रहेको र प्रश्नपत्र चुहाउन मोबाइल फोनको प्रयोग भएको अनुसन्धानका क्रममा पाइएको छ।

प्रश्नपत्र चुहाउनेदेखि चिट चोरीजस्ता गतिविधिमा मोबाइल फोनको व्यापक दुरुपयोग भएको पाइएपछि शुक्रबार सुरु भएको परीक्षामा केन्द्राध्यक्षबाहेक अन्य सबैलाई परीक्षा अवधिभर मोबाइल बोक्न रोक लगाइएको छ।

सानेपामा भ्यानमाथि खस्याे ट्रक, २ जनाकाे मृत्यु

सानेपामा ट्रक्र पल्टिएर भ्यानलाई किच्दा भ्यान चालकसहित २ जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन्।

शुक्रबार भएको दुर्घटनामा परी मृत्यु हुनेमा दोलखा ठूलोपाखरका भ्यान चालक ४० वर्षीय इन्द्रबहादुर सुनुवार र धनुषाकी ४० वर्षीय डोल्मा शेर्पाको उपचारको क्रममा जावलाखेलमा रहेको अल्का अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। 

'नागरिकता विधेयकमा टिकाटिप्पणी नगरौं'

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संसदीय दलका प्रमुख सचेतक एवम् स्थायी समिति सदस्य देव गुरुङले संसदमा छलफलकै क्रममा रहेको नागरिकता विधेयकमा टिकाटिप्पणी नगर्न आग्रह गरेका छन्। 

शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा गुरुङले विधानले परिकल्पना गरेअनुसार नागरिकता ऐन संशोधन गरेर सदनमा ल्याइएको र उक्त विषय छलफलकै क्रममा रहेकोले यसमा  टिकाटिप्पणी गर्न नहुने बताएका हुन्।

एकै परिवारका तीन जनाले गरे आत्महत्या

 चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन्।

घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३÷१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११/१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ।

एनएसजेएफकाे अध्यक्षमा सुवेदी निर्वाचित

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन्। मञ्चको शुक्रबार काठमाडौंमा सम्पन्न साधारण सभाबाट सुवेदी अध्यक्ष पदमा निर्वाचित भएका हुन्। सुवेदीले कुल खसेको ९६ मतमा ५५ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार प्रकास तिमल्सिनाले ४१ मत प्राप्त गरे।

भिक्षु अस्वघोषको निधन

 थेरवाद बुद्धधर्म भिक्षु महासंघका संघनायक भिक्षु अस्वघोष महास्थवीरको आज (शुक्रबार) निधन भएको छ। मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज दिउँसो निधन भएको हो।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अस्वघोषले करीब १५० कृतिहरू प्रकाशित गर्नुभएको भिक्षु तपस्सीधम्मले जानकारी दिए। दिवङ्गत भिक्षु अखिल नेपाल भिक्षु महासंघको सल्लाहकारसमेत रहेका थिए।

मनै लाेभ्याउने भकुण्डेकाे सूर्योदय

पछिल्लो समय बागलुङ नगरपालिका १० भकुण्डेस्थित मुलावारी भ्यूटावर पर्यटकहरुका लागि रोजाइमा पर्न थालेको छ।

पर्यटकीय गाउँ भनेर जिल्लामा परिचित भकुण्डेमा पुग्ने पर्यटकलाई भ्यूटावरबाट देखिने सूर्योदयको दृश्यले लोभ्याउन थालेको हो। विषेश गरी मगर समुदाय रहेको भकुण्डे गाउँमा बराह ताल, मगर संस्कृति, सङ्ग्रहालय, मनोरम दृश्य तथा घरबासको आतिथ्यताका लागि आन्तरिक तथा बाह्य पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

बिस्केट जात्राको रथ दिउँसो तानिने

 चैत २७ गतेबाट भक्तपुरबाट सुरु भई नौं दिनसम्म मनाइने भक्तपुरको प्रसिद्ध बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सरोकारवाला सहमत भएका छन्।

हरेक वर्ष ढुङ्गा हानाहान हुने र ज्यानसम्म जाने गरी जात्रा सञ्चालन हुँदा प्रसिद्ध जात्राको नकारात्मक सन्देश गएको भन्दै यसवर्ष जात्रालाई शान्तिपूर्ण र मर्यादित रुपमा सम्पन्न गर्न भक्तपुर नगरपालिकाले कार्यदलसमेत गठन गरेको छ। 

हावाहुरी पीडितलाई एक करोड सहयोग 

बारा र पर्साका हावाहुरी पीडितका लागि प्रदेश नं १ को सरकारले एक करोड आर्थिक सहयोग गर्ने भएको छ। प्रदेश नं–१  मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले सो राहत दिने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए।

जिल्लासभा र जिल्ला समन्वय समितिका सदस्यको सुविधा सम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक पनि प्रदेशसभामा पेश गर्न बैठकले स्वीकृति दिएको छ।

पूर्वी नाकामा किन बढ्दैछ आसामिस र बंगाली भाषा मोह ?

काँकडभिट्टाको मेची नेत्रालय नजिकैको आदित्य बिजुली पसलको नाम नेपालीसँगै आसामिस भाषामा लेखिएको छ। सँगै रहेको एक होटल त आसमकै नाममा राखिएको छ। रोयल आसामिस होटलको बोर्ड नेपाली, अंग्र्रेजी र आसामिस भाषामा लेखिएको छ।

आसाम मात्रै हैन बंगलादेश र बंगाली भाषाको प्रभाव पनि काँकडभिट्टाका होटलमा देखिएको छ। बंगलादेशको राजधानी ढाकाकै नाममा सञ्चालित छ न्यु ढाका होटेल। होटेल बालाजीको नाम अंग्रेजी र बंगालीमा लेखिएको छ।

देशभरका अस्पताल ठप्प, फेरि आन्दोलनमा उत्रिए डाक्टर 

सरकारी चिकित्सकले शुक्रबारदेखि देशभरका सबै अस्पताल ठप्प बनाएका छन् । आकस्मिक बाहेकका सबै सेवा बन्द गरेर सरकारी चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । 

कर्मचारी समायोजन ऐनका विषयमा असन्तुष्टि जनाउँदै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरु कर्मचारी समायोजनका क्रममा कर्णाली र सुदूरपश्चिम पश्चिम प्रदेशमा अत्यन्त कम मात्रामा चिकित्सक पठाइएको,  संघ र प्रदेशमा चिकित्सक धेरै राखिएको विरोधमा चिकित्सकहरु आन्दोलित भएका हुन्। 

फेरि बन्द भयो नेपाल भारत सिमानाका

भारतसँग सीमा जोडिएका बैतडीसहित सुदूरपश्चिमका सबै नाका तीन दिनका लागि बन्द हुने भएका छन्। यही चैत २८ गते भारतमा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमानाका बन्द हुने बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए।

भारतको उत्तराखण्ड प्रदेशसँग जोडिएको सुदूरपश्चिमका सबै नाकाहरु चैत २६ गतेदेखि २८ गतेसम्मका लागि बन्द हुने भएका हुन्। भारतको पिथौरागढमा सम्पन्न नेपाल–भारत सीमा सुरक्षा बैठकले उक्त निर्णय गरेको हो।

हुरी प्रभावित क्षेत्रमा बत्ति आउन अझै दुई साता लाग्ने

 बाराको हावाहुरी प्रभावित बस्तीमा विद्युत प्रशारण पुनस्संचालनमा ल्याउन अझै दुई साता लाग्ने भएको छ ।

विद्युत आपूर्तीको लागी नयाँ पोल, तार र ट्रान्सफर्मर हावाहुरीबाट सबै भन्दा बढी प्रभावित भलुही भरवलियामा र पुरैनियामा पुर्याइएपनि जडान गर्ने कार्य शुरु हुन नसकेको नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रले जानकारी दिएको छ । हावाहुरी प्रभावित क्षेत्रमा पीडित र राहत वितरण गर्न आउनेको भीडभाडका कारण पोल गाड्ने कामलाई गती दिन नसक्दा विद्युत आपुर्ती नियमित गर्न ढिलाई हुने भएको हो ।

प्रदेश १ का संसदीय समितिमा भागबन्डा मिल्यो : कांग्रेसलाई १ नेकपालाई ६ सभापति 

प्रदेश १ का संसदिय समितिहरुमा सभापतिको लागी राजनितिक सहमति जुटेको छ । दुइ तिहाइको सत्तारुढ नेकपाले ६ समितिको नेतृत्व पाउने र विपक्षी नेपाली कांग्रेसले एउटा समितिको सभापति पाउने गरि सहमति जुटेको हो ।

सार्वजनिक लेखा समितिको सभापतिमा कांग्रेसका सांसद शिवनारायण गनगाई चयन हुने भएका छन् । बाँकि ६ वटा समितिहरुमा भने नेकपाका सांसदहरु सभापति हुने भएका हुन । 

तराईमा फेरि हावाहुरी आउने खतरा, देशभर मेघ गर्जनसहित वर्षा

तराई क्षेत्रमा पुनः ठूलो हावाहुरी आउन सक्ने मौसमविद्हरुले चेतावनी दिएका छन् । 

मौसममा देखिएको बदलावसँगै तराईका सिमाना र पश्चिमी पहाडका थोरै ठाउँमा हावाहुरीको संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको हो । मौसमविद् विभुति पोखरेलका अनुसार तराईको सिमा क्षेत्रमा दिउँसो तिर हावाहुरी आउने सम्भावना देखिएको छ । उनले सावधानी अपनाउन समेत अपिल गरेकी छिन् । 

माथिल्लो डोल्पामा हिमपहिरो, तीन जना बेपत्ता

माथिल्लो डोल्पामा गएको हिमपहिरोमा परी तीन जना वेपत्ता भएका छन् । क्रिष्टल मान्टेन (दोस्रो कैशाल क्षेत्र) को दर्शन गर्न पुगेका शे–फोक्सुण्डो गाउँपालिका–३ का पेमा कुन्साङ गुरुङ, फुर्वा ठिन्ल्या गुरुङ र फुन्छोक गुरुङ वेपत्ता भएका हुन् ।

कैलाश पर्वतमा पर्ने सेलरीढुक्टा शे–गुम्बाको दर्शन गर्न गएका उनीहरु गएको चैत १७ गतेदेखि बेपत्ता भएका हुन् । हराएको छ दिनपछि बल्ल प्रहरीले खबर पाएको हो ।

नेयमार कहिले फर्किदै छन् मैदानमा ?

ब्राजिलियन तथा सेरिस सेन्ट जर्मन (पिएसजी)का स्टार फर्वाडर नेयमार चोटमा कारण लामो समय मैदान बाहिर रहदै आएका छन् । लामो समय मैदान बाहिर बसाईले उनका समर्थकमाथी निरासा पलाएको छ । 

धेरै जसो समर्थकले नेयमार मैदानमा फर्किने मिती कुरेर बसेका छन् ।  तर, नेयमार मैदानमा फर्किने मितीको कुनै टुङ्गो लागेको छैन् । पिएसजीका प्रशिक्षक थोमस टुचेलले नेयमार मैदानमा फर्किने कुनै आधिकारीक मिती तय नभएको बताएका छन् । 

जब दिल्लीमै चिनेनन् दीपिकालाई

दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ को लुक केही दिनपहिले सार्वजनिक भएको थियो। यस फिल्ममा दिपिका एसिडबाट पीडित लक्ष्मीको भूमिकामा छिन्। फेरि ‘छपाक’ कै दीपिकाको दोस्रो लुक सार्वजनिक भएको छ। जसमा उनलाई दिल्लीको जनपथ बजारमा देख्न सकिन्छ। तस्बिरमा हेर्दा दीपिकालाई चिन्न सकिने अवस्था छैन।

सार्वजनिक भएका तस्बिरमा दीपिकाले पहेलो रङको कुर्ता लगाएकी छन्। दीपिका केही दिनबाट यही फिल्मको सुटिङका लागि दिल्लीमै छिन्। बिहे पछि दीपिकाको यो पहिलो फिल्म हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।