बिहीबार, वैशाख ६, २०८१

टुँडिखेलमा घोडेजात्रा (फोटो फिचर)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – चैत्र कृष्ण औँसीका दिन शुक्रबार काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइएको छ। 

जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो। साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।



टुँडिखेलस्थित सैनिक मञ्चमा आयोजित घोडेजात्रा समारोह विभिन्‍न रोचक कला र कार्यक्रम प्रस्तुत गरिएको थियो। उक्त समारोहको क्रममा अश्वकलाका विविध रोचक कार्यक्रमहरु राईड पास, ब्यानर डिस्प्ले, टाङ्गन घोडा दौड, चार्जर घोडा दौड, नेपाली सेना र गैर सैनिकहरुको साईकल रेश, शो जम्प, क्याभल्री राईड, टेण्ट पेगिङ्ग, क्रस टेण्ट पेगिङ्ग, लान्स हिट प्याक, लान्स सुईरो र क्रिज, स्वर्ड एण्ड वाटरमेलन, रेन फ्रि जम्प तथा महिला सिक्स वार, भल्टिङ्ग एण्ड एक्रोब्याटिक्स तथा हर्ष पि.टि., म्युजिकल राइड, क्रसकन्ट्रि, पोनी ले डाउन ड्रिल, हंगेरियन पोष्ट र कम्बाईण्ड फायर जम्म प्रदर्शन गरिएको थियो । साथै उक्त कार्यक्रममा डग शो अन्तर्गत विविध रोमाञ्चक कलाहरु समेत प्रर्दशन भएको थियो । 

समारोहका प्रमुख अतिथि नेपाली सेनाका परमाधिपति राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीबाट म्यूजिकल राइडमा प्रथम हुने घोडसवार सह सेनानी राजेश श्रेष्ठ र द्वितिय हुने घोडसवार सह सेनानी अजयजंग सुवेदी तथा शो–जम्पमा प्रथम हुने घोडसवार सिपाही ओमप्रकाश यादव र द्वितिय हुने घोडसवार जम. जगदिश घिसिङलाई पुरस्कार प्रदान गरिएको थियो।नेपाली सेनाका तर्फबाट आज टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिएको छ।

कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष, नेपाल सरकारका मन्त्रीहरु, प्रधानसेनापति, नेपाल सरकारका सचिवहरु,  राजदूतहरु, पूर्व प्रधानसेनापतिहरु, विभिन्न विदेशी दूतावासका सैनिक सहचारीहरु, नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त रथीबृन्द एवम् अधिकृतहरु, अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृतहरु, सञ्चारकर्मीहरु, परिवारजन तथा सर्वसाधारणहरुको समेत उपस्थिति रहेको थियो ।
















प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।