शुक्रबार, वैशाख ७, २०८१

जब दिल्लीमै चिनेनन् दीपिकालाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
दिल्‍ली - दीपिका पादुकोण अभिनित फिल्म ‘छपाक’ को लुक केही दिनपहिले सार्वजनिक भएको थियो। यस फिल्ममा दिपिका एसिडबाट पीडित लक्ष्मीको भूमिकामा छिन्। फेरि ‘छपाक’ कै दीपिकाको दोस्रो लुक सार्वजनिक भएको छ। जसमा उनलाई दिल्लीको जनपथ बजारमा देख्न सकिन्छ। तस्बिरमा हेर्दा दीपिकालाई चिन्न सकिने अवस्था छैन।

सार्वजनिक भएका तस्बिरमा दीपिकाले पहेलो रङको कुर्ता लगाएकी छन्। दीपिका केही दिनबाट यही फिल्मको सुटिङका लागि दिल्लीमै छिन्। बिहे पछि दीपिकाको यो पहिलो फिल्म हो।

laxmi agarwal

यस फिल्मको निर्देशन मेघना गुलजारले गरिरहेका छन्। ‘छपाक’ बाट लक्ष्मी अग्रवाल पनि चर्चामा आएकी छन्। यो लक्ष्मी अग्रवालको जीवनमा आधारित छ। उनी एसिड पीडित महिला हुन्।

२००५ अप्रिल २२ मा लक्ष्मी अग्रवाल १५ वर्षकी थिइन्। त्यस बेला उनीमाथि एक युवकले तेजाब प्रहार गरेका थिए। प्रेम प्रस्ताव स्वीकार नगर्दा ती युवकले उनको शरीरमा तेजाब प्रहार गरिदिए। लक्ष्मीको जीवनमा आधारित फिल्म ‘छपाक’ २०२० जनवरी १० मा रिलिज हुनेछ।

Deepika Padukone Chhapaak look
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्