काठमाडौं – कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको अध्यक्षमा वामपन्थी उम्मेदवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठ लोकतान्त्रिक समूहका उम्मेदवार सुनीलकुमार पोखरेललाई पछि पार्दै विजयी बनेका हुन्।
यस्तै महासचिवमा भने लोकतान्त्रिक समूहका उम्मेदवार लीलामणि पौडेल विजयी भएका छन्। उनले वामपन्थी समूहका उम्मेदवार सुरेन्द्र थापामगरलाई पराजित गरेका हुन्।
मतगणना सकिए पनि निर्वाचनको मतपरिणाम भने सार्वजनिक गरेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४