मंगलबार, वैशाख ४, २०८१

माया पनि कानुन अनुसार हुन्छ : आजीपी खनाल 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले माया ममता पनि कानुन अनुसार हुनुपर्ने भन्दै कानुन बिपरीतका काम भए कारवाही गरिने बताएका छन्।

काठमाडौं उपत्यकाको ‘ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण सुधार कार्ययोजना’को शुभारम्भ गर्दै खनालले फुटपातमा पसल गर्ने माथि माया भन्दा पनि कानुन अनुसार कारबाहि हुने बताएका हुन्। ‘फुटपातमा ब्यापार गर्नेको पनि संगठन रे, यस्तो पनि हुन्छ? उनले भने।’ 

उनले यो योजना उपत्यकाको ट्राफिक व्यवस्थापनलाई चुस्त, दुरुस्त बनाउन तयार पारिएको बताए। ‘अब काठमाडौं उपत्यका सफा हुन्छ, हामी दृढताका साथ अगाडि बढेका छौं’, उनले भने, ‘काम गर्न प्रशासनिक झन्झटमा अल्झेर बस्ने बेला छैन।’

खनालले वायुप्रदूषण गर्ने र कालो धुवाको मुस्लो फाल्ने गाडिहरुलाई पनि कारवाहीको दायरामा ल्याइने बताए। 

महानिरीक्षक खनालले उपत्यकालाई सुन्दर क्षेत्रका रुपमा विकास गर्न महानगरपालिका, नगरपालिका, सडक विभाग, यातायात व्यवस्था विभाग, नगर प्रहरी सबैको साथ र सहयोग आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्रीको इच्छा, चाहना र गृह मन्त्रालयको ८२ बुँदे गृह प्रशासन सुधार योजनाअनुसार नेपाल प्रहरीले सबै निकायसँग समन्वय गरेर ट्राफिक सुधारको क्षेत्रमा काम गर्न लागेको उनको भनाइ थियो। 

काठमाडौं जिल्लाका प्रजिअ रामप्रसाद आचार्यले आम समुदायलाई समावेश गरी अभियानलाई सशक्त रुपमा अगाडि बढाउनुपर्ने बताए। उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले तीन वर्षभित्र उपत्यकाभित्रका सबै करिडोरलाई सञ्चालनमा ल्याउने गरी प्राधिकरणले काम थालेको बताए। 'सबै अनुशासित, मर्यादित भएर अगाडि बढे उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार आउँछ,' उनले भने। तत्काल धोबीखोला करीडोर सञ्चालन गर्न प्राधिकरण लागेको उनको भनाइ छ । 

साझा यातायात प्रालिका अध्यक्ष कनकमणि दीक्षितले उपत्यकाको ट्राफिक व्यवस्थापनमा सुधार ल्याउन सार्वजनिक यातायात सेवालाई अगाडि बढाउनुपर्ने बताए। काठमाडौं–१४ का अध्यक्ष शोभा सापकोटा, हेबी इक्विमेन्ट व्यवसायी महासङ्घका अध्यक्ष ताराबहादुर कुवँर लगायतले उपत्यकाको ट्राफिक व्यवस्थापन सुधारमा आ–आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

तत्काल तीन महीनाका लागि तयार पारिएको योजनाभित्र प्रदूषण नियन्त्रण गर्ने, करिडोर खोल्ने, जेब्राक्रसिङ र लेनलाई विशेष व्यवस्थापन गर्ने, बस पकेट नियमन गर्ने, आकाशे पुल निर्माण गर्ने, ट्राफिक भोलेन्टिर निर्माण गर्नेलगायत कार्ययोजना रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले जानकारी दिए। कार्ययोजनाभित्र रहेका विभिन्न समितिहरुले आजदेखि नै काम सुरु गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।