एजेन्सी- पोर्चुगिज सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले च्याम्पियन्स लिग अन्र्तगत अयाक्ससँगको पहिलो क्वाटरफाइनल लेग गुमाउने सम्भावना प्रवल रहेको अन्तर्राष्ट्रिय सञ्चार मध्यमले जनाएको छ ।
केही सात अघि आफ्नो राष्ट्रिय टिमबाट खेल्दा लागेको मसल्सको चोटका कारण रोनाल्डोले च्याम्पियन्स लिगमा आयाक्ससँगको पहिलो लेग गुमाउने सम्भावन बढी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यकले जनाएको हो ।
यसै कारण उनले यसअघि नै सिरी ‘ए’का तीन खेल गुमाउने पक्का भएको थियो । रुस विश्व कप २०१८ पछि पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका रोनाल्डो युरो कप छनोटमा सर्बियासँगको खेलमा घाइते भएका थिए ।
रोनाल्डोको उक्त चोट १० अप्रिलमा च्याम्पियन्स लिगमा अयाक्ससँग हुने क्वाटरफाइनलको पहिलो लेग सम्म फिट हुने अनुमान गरिएको थियो । तर, पछिल्लो रिपोर्ट अनुसार उनी पहिलो खेल गुमाउने छन् ।
रोनाल्डो फिट नभए उक्त खेलका लागि क्लबले पनि रिस्क नलिने बताएको छ । तर, १६ अप्रिलमा हुने दोस्रो लेगमा भने रोनाल्डो सतप्रतिशत फिट हुने आसा रहेको क्लबले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४