बुधबार, वैशाख १२, २०८१

जाजरकोटमा अफिम खेती नष्ट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत– जाजरकोटको नलगाडका विभिन्न ठाउँमा लगाइएको अफिम खेती नष्ट गरिएको छ। नलगाड– १ को पातल, खौला, गर्वेमा दश कठ्ठामा गरिएको अफिम खेती प्रहरीले नष्ट गरेको हो। ठूलो मात्रामा अफिम खेती भैरहेको विशेष सूचना पाएपछि अफिम नष्ट गर्न प्रहरी त्यहाँ पुगेको थियो। जिल्ला प्रहरी कार्यालय जाजरकोट र इलाका प्रहरी कार्यालय दल्लीबाट खटिएको प्रहरी टोलीले लाखौं मूल्य बराबरको अफिम खेती नष्ट गरेको हो।

तर, अफिम खेती गर्नेलाई भने प्रहरीले प्रक्राउ गर्न सकेको छैन। खेति गर्ने व्यक्तिको पहिचान हुन नसक्दा सकैलाई पनि पक्राउ गर्न नसकिएको प्रहरीले बताएको छ। गाउँ नजिकैको एलानी बारीमा खेती गरिएको कारण अफिम खेती गर्ने व्यक्ति पहिचान हुन नसको प्रहरीको भनाई छ।

प्रहरी नायव निरिक्षक लालमणी जोशीको कमाण्डमा गएको संयुक्त प्रहरी टोलीले अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायव उपरिक्षक स्याम खत्रीले जानकारी दिए। राम्रो आम्दानी हुनेभएपछि जाजरकोटका दुर्गम बस्तीहरुमा विगतदेखिनै अफिम खेति हुँदै आएको छ। प्रहरीले केही वर्ष पहिले नलगाडकै खौला, मंसिरी, रुप लगाएतका ठाउँमा गरिएको अफिम खेति नष्ट गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।