एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको सेमिफाइनल खेलमा नान्टेसलाई ३-० गोल अन्तरले पराजित गर्दै पिएसजि फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको हो ।
पीएसजीको जितमा मार्का भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले एक एक गोल गरे । खेलको २९ औं मिनेटमा मार्का भेराटीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । उनले युवा फरवार्ड केलियन एमबाप्पेको पासमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका हुन् ।
दोस्रो हाफमा थप दुई गोल गर्ने क्रममा केलियन एमबाप्पेले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे । उनले ८५ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् । यसअघि ६६औं मिनेटमा पाएको पेनाल्टीमा एमबाप्पे गोल गर्नबाट चुकेका थिए ।
त्यसपछि खेलको अन्तीम मिनेटमा ब्राजिलियन भेट्रान ड्यानी आल्भेसले गोल गर्दै पिएसजीलाई ३-० को जित दिलाए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४