शुक्रबार, वैशाख ७, २०८१

आजका अखबार : कतै राहतको खात, कतै पुर्पुरोमा हात

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले हुवाहुरी प्रभावित भित्रि गाउँमा राहत पुग्न नसकेको विषयलाई प्राथमिकतामा पारेका छन् ।
 
आजको नागरिक दैनिकले कतै राहतको खात कतैपुर्पुरोमा हात शीर्षकमा खबर लेखेको छ । कुनै क्षति नभएकाहरु रातहतका लागि पहिला नै लाइनमा बस्दा वास्तविक प्रभावित पाखा लागेर रमिता हेर्ने अवस्था उत्पन्न भएको समाचारमा उल्लेख छ ।
 
बारा सदरमुकाम कलैयाबाट १३ किलोमिटर टाढा पर्ने सुवर्ण गाउँपालिका– ४ हर्दिया गाउँमा अझै राहत पुग्न सकेको छैन । तीन रात खुला आकाशमुनि बिताएका स्थानीयले बुधबारसम्म नगरपालिकाले चलाएको मेसमा खाना खानेबाहेक केहि पाएका छैनन् । यहाँको अवस्था बुझ्न  राजनीतिक दलका शीर्ष नेताहरु पनि नपुगेको समाचारमा जनाएको छ ।

केहि ठाउँमा भने राहतको ओइरो लागेको छ ।  एउटै ब्यक्ति ४/५ पटक लिएका छन् भने गैरपीडितले पनि राहत पाएका छन् ।  

यस्तै आजको अन्नपूर्ण पोस्ट्ले पनि हावाहुरी प्रभावित भित्री बस्तीमा राहत पुग्न नसकेको विषयलाई मुख्य समाचार बनाएको छ । पीडितहरु राहत नपाएपछि भोक भोकै बस्नु पर्ने अवस्था सृजना भएको छ । भोकै प्यासै बसेका पीडित भने भगवान पुकारीरहेको समाचारमा उल्लेख छ।
 
नयाँ पत्रिकाले भने दोहोरिए विपत् : खुलेन चेत शीर्षकमा मुख्य समाचार छापेको छ । २४ सय घर भत्किएको सरकारी रिपोर्टले देखाएको छ । तर, गृह मन्त्रालयले जम्मा ४ सय ६८ पाल पठाएको छ । ७२ घन्टासम्म केन्द्रीय विपत् व्यवस्थापन समितिको बैठक समेत नबसेको समाचारमा जनाइएको छ । 

आजको कान्तिपुर दैनिकले भने बोल्ने धेरै, राहत थोरैः बालबालिका र महिला असुरक्षित शीर्षकमा खबर लेखेको छ । गाउँ अशान्त र स्थानीय अझै त्रासमा छन् भने बस्ने गतिलो पाल समेत नहुदा महिला र बालबालिकाको बिचल्ली भएको  छ। 

यो विषय बाहेक आजको कान्तिपुर दैनिकले प्रेस पासमा अंकुश शीर्षकमा मुख्य समाचार छापेको छ ।

पत्रकार, कामदार र कर्मचारीहरुको वैयक्तिक विवरण बुझाउन बाध्य पारिएको समाचारमा उल्लेख छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले संविधानको गोपनीयतासम्बन्धी हक र व्यक्तिको गोपनियतासम्बन्धी ऐन २०७५ समेत उल्लंघन हुने गरि प्रेस पासका लागि सर्त तेर्साएको छ ।
 
यस्तै जो दोषी, उही न्यायाधीश शीर्षकको खबरलाई पनि महत्वका साथ प्रकाशित गरेको छ ।

न्यायपरिषद्का रामप्रसाद सिटौला र पदमप्रसाद वैदिकको प्रतिवेदनमा थप छानविन र कारबाहीका लागि सिफारिस गरिएका राजेशकुमार काफ्ले, लेखनाथ ढकाल, कुलप्रसाद शर्मा, महम्मद जुनेद आजाद र नगेन्द्रलाल कर्ण नै उच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको समाचामा जनाइएको छ ।
 
नागरिक दैनिकले ललितानिवास प्रकरणमा मालपोतका तत्कालिन प्रमुखमाथि छानविन थालिएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
 
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बालुवाटारस्थित सरकारी सम्पत्ति ललितानिवास हडप्न सघाएको अभियोगमा डिल्लीबजार मालपोत कार्यालयका तत्कालीन प्रमुख मालपोत अधिकृतहरूमाथि संगठित अपराध, सरकारी छाप तथा दस्तखत किर्ते र ठगी अभियोगमा अनुसन्धान थालेको छ ।

२०२१ सालमा तत्कालीन सरकारले मुआब्जा दिएर अधिग्रहण गरेको १ सय १४ रोपनी सरकारी जग्गा माफियासँग मिलेर व्यक्तिका नाममा नामसारी गराएको अभियोगमा ब्युरोले २०४७ देखि २०७३ सम्म मालपोत कार्यालय डिल्लीबजारमा प्रमुख मालपोत अधिकृत भएका सबै २० जनामाथि अनुसन्धान अघि बढाएको हो। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।