शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कोरियामा कामदारको तलब घटाउने भनेपछि संसदमा कुटाकुट (भिडियो)

कोरियामा कामदारको तलब घटाउने भनेपछि संसदमा कुटाकुट (भिडियो)

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
कोरिया– कामदारको तलब घटाउने कानुनका विषयमा विवाद चर्किँदा दक्षिण कोरियाको संसदमा कुटाकुट भएको छ।

आप्रवासी श्रमिकको तलब घटाउने लगायतका कानुन संसदबाट पारित हुन नदिने क्रममा संसदमा यस्तो घटना भएको छ।  मंगलबार उक्त कानुन सम्बन्धी छलफल संसदमा चलिरहँदा बैठक रोक्न प्रजातान्त्रिक मजदुर संगठन (केसिटियु) का प्रतिनिधिहरू हलभित्र प्रवेशको प्रयास गरेका थिए। उनीहरूलाई रोक्ने क्रममा  केहीबेर झडप समेत भएको थियो।

यो कानुन पास हुन नदिन यहाँका मजदुर संगठनले चरणबद्ध आन्दोलन सुरु गरेका छन्।

संसदको कानुन समितिका सांसद तथा प्रतिपक्षी दल हानकुकका सांसद ई ह्वान यंग लगायत १४ जना सांसदहरूले यसअघि संसदमा पेस गरेको उक्त कानुनको मस्यौदामा अहिले छलफल चलिरहेको छ।

कानुनमा इपियसमार्फत् कोरिया आउने विदेशी श्रमिकका लागि परीक्षण अवधिलाई तीन महिनाबाट बढाएर ३ वर्ष पुर्‍याउने, श्रमिकले उमेर अनुसार तलब पाउने, कम्पनीको आर्थिक अवस्था हेरेर न्यूनतम ज्याला साहुले नै निर्धारण गर्न पाउने, सरकारी तलब निर्धारण समितिले २ वर्षमा मात्र तलब वृद्धि गर्न पाउने, तलब निर्धारण समितिमा अहिले जस्तो श्रमिक संगठनका प्रतिनिधिको उपस्थिति नरहने लगायतका २० ओटा कानुन समावेश रहेको बताइएको छ।

उक्त कानुन विभेदकारी भएको भन्दै यहाँ क्रियाशील मजदुर संगठनहरूले चर्को विरोध गरिरहेका छन्।उक्त कानुनमा आप्रवासी श्रमिकको हकमा इपियस मार्फत कोरिया प्रवेश गर्ने विदेशी श्रमिकले पहिलो वर्ष तलबको ३० प्रतिशत परीक्षण अवधिको रुपमा रोजगारदाताले कटौती गर्न पाउनेछन्।

त्यस्तै दोस्रो वर्ष २० प्रतिशत र तेस्रो वर्ष मात्र पूरा तलब दिने व्यवस्था उल्लेख छ। खाने बस्ने सुविधा बापतको २० प्रतिशत तलब कटौती गर्न पाउने ऐन यस अघि नै लागू भइसकेको छ।

अहिले इपिएसमार्फत् कोरिया आउने विदेशी कामदारका लागि पहिलो तीन महिना परीक्षण अवधि तोकिएको छ। हाल कोरियाली उद्योगीले कामदारको पहिलो तीन महिनासम्म तलबको १० प्रतिशत रकम कटौती गर्दै आएका छन्।

कतिपय कम्पनीले भने उक्त प्रतिशत कटौती नगरी कामदारलाई उपलब्ध गराउँदै आएका थिए।

भिडियो : उदय राइको फेसबुकबाट

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।