शुक्रबार, वैशाख ७, २०८१

अण्डामा व्यापारीको मनोमानी मूल्य, मारमा उपभोक्ता

बजारमा अण्डाको माग बढे पनि मूल्यमा भने एकरूपता छैन। पसलै पिच्छे उपभोक्ता फरक-फरक मूल्य तिर्न बाध्य बनेका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

चितवन- बजारमा अण्डाको माग बढे पनि मूल्यमा भने एकरूपता छैन। पसलै पिच्छे उपभोक्ता फरक-फरक मूल्य तिर्न बाध्य बनेका छन्।

triton college

अण्डा उत्पादनमा संलग्न किसानहरूले लागत मूल्य पनि पाउन नसकेको गुनासो गरिरहेको समयमा उपभोक्ता भने बढी मूल्य तिरेर अण्डा खरिद गर्न बाध्य बनेका छन्। नेपालमा अण्डा उत्पादक संघले मूल्य निर्धारण गर्छ।

चितवनको बजारमा अहिले ठूलो अण्डा क्रेटको ३९० र मध्यम अण्डाको मूल्य ३६० तोकिएको छ। ३९० रुपैयालाई आधार बनाउँदा पनि एउटा अण्डाको मूल्य १३ रुपैयाँ पर्छ। तर, चितवनमा उपभोक्ताहरूले प्रति अण्डा १५ देखि २० रुपैयाँ तिर्ने गरेका छन्।

किसानले उत्पादन गरेको अण्डा झन्डै पाँच तह पार गरेर उपभोक्तासम्म पुग्छ सुरुमा अण्डा उत्पादकले सप्लायर्सलाई बेच्छन्। सप्लायर्सले होलसेल विक्रेतालाई दिन्छन्। होलसेलले खुद्रा र खुद्रा विक्रेताले साइकल वा भ्यानलाई बेच्छन्। त्यहाँबाट किराना पसलहरूमा पुगेपछि मात्रै उपभोक्ताको हातमा अण्डा पर्छ। 

अण्डा बजारको यो झन्झटिलो बिक्री प्रणालीले किसान र उपभोक्ता मारमा परेको उत्पादकहरू बताउँछन्। नेपाल अण्डा उत्पादक संघका शिवराम केसी अण्डाको मूल्यमा भइरहेको मनोमानी रोकिनुपर्ने बताउँछन्।

corrent noodles
Metro Mart

'एक क्रेटमा ३० अण्डा हुन्छन्। ३९० मा एक क्रेट अण्डा किन्दा २० प्रतिशत नाफा राखिएको हुन्छ। यसरी नाफा खानका लागि प्रतिगोटा दुई रुपैयाँ ६० पैसा जोडेर अण्डा बिक्री गर्नुपर्ने हुन्छ', उनले भने। उता उपभोक्ताहरूले नियमन निकायको उदासिनताका कारण आफूहरूले बढी मूल्य तिर्नु परेको गुनासो गरिरहेका छन्।

प्रकाशित: Aug 20, 2021| 10:44 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्