मंगलबार, वैशाख ११, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत १९ गते मंगलबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

मोबाइलबाटै 'कन्ट्रोल' हुन्छ ट्राफिक लाइट

ललितपुरमा मोवाइलबाटै ट्रफिक लाइटको कन्ट्रोल गर्ने नयाँ प्रविधिको सुरुवात गरिएको छ। ललितपुरको जावलाखेलमा मंगलबारबाट यो प्रविधिको सुरु भएको भएको हो। यो प्रविधि नेपालमै पहिलो हो।

आधिहुरी प्रभावितलाई लुम्बिनी प्रेस क्लबको ५१ हजार सहयोग

प्रदेश नं. २ का बारा पर्सा लगायतका जिल्लामा आइतबार आएको आधिहुरीबाट प्रभावित भएका सर्वसाधरणका लागि राहत तथा उद्धारमा सघाउनेगरी लुम्बिनी प्रेस क्लबले ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।

हावाहुरी प्रभावितलाई प्रदेश सरकारको ‘प्रि–फ्याव’ घर

बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई प्रदेश सरकारले ‘प्रि–फ्याव’ घर उपलब्ध गराउने भएको छ। विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुका लागि राहत तथा पुनस्र्थापना गर्ने सम्बन्धमा मंगलबार बसेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

सर्वोच्चका लागि पाँच न्यायाधीश सिफारिस

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि पाँच न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाविरुद्ध उजुरी आह्वान

प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाविरुद्ध उजुरी आह्वान भएको छ।

बोरामा बहिनीको शव लैजाने पक्राउ

भरतपुर महानगरपालिका–२ क्षेत्रपुरबाट मंगलबार बिहान बोरामा राखिएको शवसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार जुटको बोराभित्र युवतीको शवसहित उनीहरुलाई पक्राउ गरिएको हो।

पूर्वराजा शाहले पाँचथरमा के गरे ?

पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार पाँचथरको फिदिमस्थित सुमालुङ मन्दिर पुगेका छन्। शाहले मन्दिरमा पूजाअर्चना गरेका छन्। पूर्वराजा शाह फिदिमस्थित मनस्वी होटलवाट पैदल यात्रा गरेर सुमालुङ मन्दिर पुगेका हुन्।

‘भीआइपी’ को लस्‍करले प्रभावितलाई सकस

आइतबार राती एक्कासी आएको हावाहुरीबाट बारा र पर्सा गरी २७ जनाको मृत्यु भएको छ भने करिब पाँच सय सर्वसाधारण घाइते भएका छन्। भीषण हावाहुरीका कारण सयौं परिवार घरबारबिहीन भएका छन्। हावाहुरीले घर उडाएर लगेपछि तिनै भग्नावशेष अगाडी दिन रात बिताउन बाध्य छन्, पीडितहरु।

धेरै पुस्तक पढ्ने कैदी पुरस्कृत हुने

अबदेखि कर्णाली प्रदेशका सबै कैदी बन्दीहरुले पुस्तक अध्ययन गर्न पाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयको अगुवाइमा सबै कारागारहरुमा पुस्तकालय स्थापना भएसँगै कैदीबन्दीहरुले पुस्तक अध्ययन गर्न पाउने भएका हुन्।

किन बन्द भयो गुगल प्लस? 

सन् २०११ मा, सञ्चालन भएको गुगल प्लस  मंगलबार बिहानबाट  बन्द  भएको  छ। गुगल प्लस, फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जाल गुगलले बनाएको सञ्जाल हो। 

मृतकका परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहुरीका कारण ज्यान गुमाएका परिवारलाई प्रति परिवार ५/५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

‘खुला आकाशमुनि कतिन्जेल रात बिताउने ?’

दैनिकी सकाएर आइतबार राति बारावासी आआफ्ना घरमा आराम गरिरहेका थिए। खाना खाएर कोही सुतिसकेका थिए भने कोही सुत्ने तरखरमा थिए। घरबार नै बर्बाद पार्ने गरी हावाहुरीले बितण्डा मचाउने कसैले सोचेका पनि थिएनन्।

हावाहुरी प्रभावितलाई देउवाको २५ लाख सहयोग

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाराका हावाहुरी प्रभावितहरुलाई २५ लाख नगद सहयोग गर्ने घोषणा गरेका छन्। हावाहुरी पीडितलाई भेट्न मंगलबार बारा पुगेका कांग्रेस सभापति देउवाले राहतस्वरुप २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका हुन्।

भारतबाट कहिले आउला पाइपमा पेट्रोल?

नेपाल भारतबीच निर्माणाधीन पेट्रोलियम पाइपलाइनको लागि पर्यावरणीय दृष्टिकोणले सबैभन्दा चुनौतीपूर्ण मानिएको पर्सा राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा पाइपलाइन निर्माणको कार्यले अपेक्षित रूपमा गति लिन सकेको छैन।

चट्याङ लागेर अछाममा १५ जना घाइते

हावाहुरीसँगै परेको चट्याङ लागेर अछाममा सोमबार राती ११ जना घाइते भएका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिका–९ कालेकाडामा चट्याङ लागेर ११ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।

खुला आकाशमुनि बास, राहत खोई ?

पीडामा रहेका बारा र पर्साका हावाहुरी प्रभावितले राहत कुर्दै दोस्रो रातसमेत खुला आकाशमुनि विताएका छन्। संघीय सरकारले राहत कार्यक्रमलाई द्रुत गतिमा अगाडि बढाएको बताएपनि हालसम्म सम्पूर्ण पीडितहरुले सरकारको राहत पाउन सकेका छैनन्।

हावाहुरी पीडितलाई सुदूरपश्चिम सरकारकाे राहत

सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणले ज्यान गुमाएका परिवारलाई एक करोड राहत दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए।

विप्लवका जिल्ला संयोजक पक्राउ

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन दलित मुक्ति मोर्चा पर्वतका जिल्ला संयोजक ३५ वर्षीय विष्णु परियारलाई जिल्ला प्रहरी कार्यालय पर्वतले पक्राउ गरेको छ।

चक्रपथभित्रका करिडोर तत्कालै सञ्चालन गरिने, यस्तो छ तयारी 

काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापन सहज बनाउन चक्रपथभित्रका करिडोरलाई तत्काल सञ्चालनमा ल्याइने भएको छ ।

उद्धार र राहतमा सशस्‍‌त्रको सक्रियता

हावाहुरीको वितण्डाबाट प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि सशस्त्र प्रहरी सक्रिय बनेको छ । आइतबार राति आएको हावा हुरीबाट ठूलो जनधनको क्षति भएको छ । २९ जनाको ज्यान गएको छ भने ६ सय भन्दा धेरै घाइते भएका छन् ।

चोरीको पैसामा प्रहरीको र्‍याल !

कैलाली प्रहरी प्रमुख भएर आएदेखि नै प्रहरी उपरीक्षक आभूषण तिम्सिना चर्चामा छन् ।

सर्वोच्चमा पाँच न्यायाधीश सिफारिस गरिदैँ

सर्वोच्च अदालतमा रिक्त रहेका पाँच न्यायाधीशको सफारिसका लागि न्यायपरिषद्को बैठक बसेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाको अध्यक्षतामा बसिरहको बैठकमा रिक्त पदमा क–कसलाई सिफारिस गर्ने भन्ने विषयमा छलफल भइरहेको  छ। 

टिपरले लियो बुटवल क्याम्पसका प्राध्यापककाे ज्यान

टिपरको ठक्करबाट बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको छ। 

मन्त्रिपरिषद्को आकस्मिक बैठकले के के निर्णय गर्‍याे ? 

सरकारले बारा र पर्सामा आइतबार साँझ आएको असिना पानीसहितको हावाहुरीमा परी घाइते भएका सबैको उपचार सरकारले गर्ने भएको छ ।

फेरि गयो ४ दशमलव १ रेक्टरको भूकम्प 

दैलेखमा भूकम्प गएको छ । सोमबार राति ८ बजेर ४७ मिनेटमा भूकम्पको धक्का महशुस भएको थियो । 

सन्दीप बने सर्वाधिक विकेट लिने स्पिनर

नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य तथा लेग ब्रेक स्पिनर सन्दीप लामिछाने सर्वाधिक विकेट लिने स्पिनर बनेको छन् । 

प्रियंका र निकलाई दुःखी बनाउने त्यो डिभोर्सको खबर 

प्रियंका चोपडा र निक जोनसको बिहेलाई लियर पछिल्लो समय निकै ठुलो अफवाह फैलिएको थियो। इन्टरनेशनल म्यागेजिन ‘ओके’ले आफ्नो रिपोर्टमा प्रियंका र निकको बिहेको चार महिनामै डिभोर्स हुँदैछ भन्ने खबर दावाका साथ प्रकाशित गरेको थियो। बिहे पछि दुबैलाई एक अर्काको कमजोरी थाहा भयो र अब उनी एक साथ बस्ने छैनन् भन्दै समाचार प्रकाशित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।