भैरहवा – प्रदेश नं. २ का बारा पर्सा लगायतका जिल्लामा आइतबार आएको आधिहुरीबाट प्रभावित भएका सर्वसाधरणका लागि राहत तथा उद्धारमा सघाउनेगरी लुम्बिनी प्रेस क्लबले ५१ हजार सहयोग गर्ने निर्णय गरेको छ।
क्रियासील पत्रकारहरुको साझा संस्था प्रेस क्लबको मंगलबार भैरहवामा सम्पन्न बैठकले प्रदेश नं. २ का विभिन्न जिल्लामा अकस्मात आएको आधिहुरीले पु¥याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै तत्कालकालागि मुख्यमन्त्री राहत कोष प्रदेश नं. २ को खातामा रकम जम्मा गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष दिपेश पछाईको अध्यक्षतामा बसेको बैठकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरुप्रति श्रदान्जली व्यक्त गर्दै शोकसन्तप्त आफन्तजनमा समवेदना समेत व्यक्त गरेको छ।
बैठकमा नेपाल पत्रकार महासंघका संस्थापक केन्द्रीय सदस्य नारयण प्रसाद सापकोटा, लुम्बिनी प्रेस क्लबका संस्थापक अध्यक्ष माधब ढुंगाना लगायतको समेत सहभागिता रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४