एजेन्सी- बार्सिलोनाका प्रशिक्षक अर्नेस्टो भाल्भार्डेले अब ला लिगाका छ खेल जिते लिग च्याम्पियन बन्ने बताएका छन् । खेल्न बाँकी रहेका ९ खेल मध्येबाट ६ खेलमा मात्र जित्ने सके जारी सिजनको स्पेनिस ला लिगको च्याम्पियन बन्ने प्रशिक्षक भाल्भार्डेले बताएका हुन् ।
‘हामी हाल लिगको शीर्ष स्थानमा दोस्रो स्थानको एथ्लेटिको मड्रिड भन्दा १० अंकले अगाडी छौं । जस कारण अबको छ खेल जितेमा मात्र हामी सजिलै लिगको उपाधि जित्ने छौं ।’
प्रशिक्षक भाल्भार्डेले भने, ‘सिजनको अन्तीम खेलमा अंक तालिकाको पुछारमा रहेका टिमले धेरै अंक जोड्छन् । त्यसैले पनि जारी सिजानको उपाधि जित्न बार्सिलोनालाई सहज हुनेछ ।’
उनले थपे, ‘इतिहास हेर्ने हो भने बार्सिलोनाले जब च्याम्पियन्स लिगको उपाधि जित्छ तब ला लिगको उपाधि पनि जितेको छ ।’ बार्सिलोनाले जारी सिजनका २९ खेल मध्येमा २१ खेलमा जित, ६ बराबरी र दुई खेल मात्र गुमाउँदै ६९ अंक जोडेको छ ।
यता दोस्रो स्थानको एथ्लेटिको मड्रिडले समान खेलबाट १७ खेलमा पजत, ८ खेलमा बराबरी र ४ खेलमा पराजय भोग्दै ५९ अंक जोडेका छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४