शुक्रबार, वैशाख १४, २०८१

हावाहुरी प्रभावितलाई प्रदेश सरकारको ‘प्रि–फ्याव’ घर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – बारा र पर्साका हावाहुरी प्रभावितहरुलाई प्रदेश सरकारले ‘प्रि–फ्याव’ घर उपलब्ध गराउने भएको छ। विनाशकारी हावाहुरीबाट प्रभावित भएकाहरुका लागि राहत तथा पुनस्र्थापना गर्ने सम्बन्धमा मंगलबार बसेको राहत तथा उद्धार व्यवस्थापन उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय गरेको हो।

समितिको बैठकले हावाहुरीबाट पूर्ण रुपमा घर क्षति भएका पीडितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि वर्षायाम सुरु हुनुपूर्व (४ महिनाभित्र) एक नासको ‘प्रि–फ्याव’ घर निर्माण निर्माण गर्ने निर्णय गरेको छ।

तत्काल बास बस्न त्रिपाल, टेन्टलगायतका व्यवस्था गरिने आन्तरिक मामिला तथा कानुन मन्त्री एवं समितिका संयोजक ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए। यसअघि भूकम्प प्रभावितहरुका लागि पनि ‘प्रि–फ्याव’ घर बनाइएको थियो।

राहत कार्यलाई प्रभावकारी बनाउन समितिले हेल्प डेस्क बनाउने निर्णय गरेको छ। हेल्प डेस्कमा आर्थिक मामिला, सामाजिक विकास राज्यमन्त्रीका साथै सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र गैरसरकारी संस्थाका प्रतिनिधि अनिवार्य रुपमा उपस्थित रहने छन्। हेल्प डेस्का सदस्यहरुले राहत संकलन तथा वितरण तथ्यांक अध्यावधिक गर्नुका साथै राहत तथा वितरण कार्यमा समन्वय र सहजिकरण गर्ने बताइएको छ।

हावाहुरीका कारण प्रभावित भएका विद्यालय उमेरका बालबालिकालाई ध्यानमा राख्दै गैरसरकारी संस्थासँग समेत समन्वय गरी अस्थायी सिकाई केन्द्र स्थापना गर्ने निर्णय समितिको बैठकले गरेको छ। विपद्मा परेका बालबालिकालाई लुगा, शैक्षिक सामाग्री तथा खेल सामाग्री उपलब्ध गराउन प्रदेश सरकारको समाजिक विकास मन्त्रालयलाई आग्रह गर्ने निर्णय समितिको बैठकले गरेको छ।

यसैगरी विपद् व्यवस्थापन उच्च समितिमा प्राप्त जिन्सीलगायतका सामाग्रीलाई पारदर्शी बनाउन समितिको नाममा खाता सञ्चालन, विपद् पीडितहरुको गुनासो सुनवाइ गर्न 'फोकल पर्सन' राख्ने निर्णय भएको मन्त्री यादवले बताए।

प्रभावित क्षेत्रमा नियमित स्वास्थ्यकर्मी परिचानल, औषधि वितरण गर्नुका साथै क्षति भएका विद्यालय तथा स्वास्थ्य केन्द्रहरुको प्राथमिकताअनुसार पूनर्निर्माण गर्ने बैठकले निर्णय गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।