शुक्रबार, वैशाख १४, २०८१

धेरै पुस्तक पढ्ने कैदी पुरस्कृत हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
सुर्खेत – अबदेखि कर्णाली प्रदेशका सबै कैदी बन्दीहरुले पुस्तक अध्ययन गर्न पाउने भएका छन्। प्रदेश प्रहरी कार्यालयको अगुवाइमा सबै कारागारहरुमा पुस्तकालय स्थापना भएसँगै कैदीबन्दीहरुले पुस्तक अध्ययन गर्न पाउने भएका हुन्।

पुस्तकालय स्थापना गर्नका लागि डिआइजी महेशविक्रम शाहको संयोजकत्वमा गठित समिति र जिल्लामा गठित उपसमितिहरु मिलेर जम्मा ८ हजार ३ सय ८८ वटा पुस्तकहरु संकलन गरेको थियो।

संकलित पुस्तकहरु कैदीहरुको संख्याका आधारमा प्रत्येक जिल्ला कारागारहरुमा पठाएर पुस्तकालयसमेत स्थापना गरिसकिएको डिआइजी शाहले जानकारी दिए। देशका विभिन्न प्रकाशक र लेखकहरुले महत्वपूर्ण पुस्तकहरु उपलब्ध गराएको शाहको भनाइ छ। संकलित पुस्तको मूल्य २१ लाख बराबर रहेको छ। जसमध्ये कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले ५ लाख बराबरको पुस्तक उपलब्ध गराएको हो।

कर्णालीका दश जिल्लामध्ये ८ वटा जिल्लामा मात्रै कारागार रहेको छन्। तर, मुगु र हुम्लामा पनि कारागार स्थापनको पहल भैरहेको छ। ती जिल्लाहरुमा पनि प्रहरी कार्यालयमै पुस्तकालय स्थापना भैसकेका छन्।

कैदीहरुलाई नयाँ ज्ञान र सकारात्मक सोंचको विकास गर्ने जीवन उपयोगी पुस्तकहरु पुस्तकालयमा राखिएको छ। तर, पुस्तकालयको औपचारिक उद्घाटन भने आगामी चैत्र २३ गते हुने जनाइएको छ। उद्घाटन सत्रमा देशका चर्चित लेखककोसमेत सहभागिता रहनेछ।

कारागारलाई किताब अभियान मूल समितिका संयोजक डिआइजी शाहका अनुसार उद्घाटनमा सुर्खेत कारागारमा वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नैनराज पाण्डे, कवि नवराज पराजुली दैलेखमा निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी आउने छन्। सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम) मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामा, जाजरकोटमा उपन्यासकार अर्चना थापा र सुविन भट्टराई, कालीकोटमा उपन्यासकार युग पाठक, जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपाने पुग्ने छन्। पुस्तकालय स्थापनाको औपचारिक कार्यक्रम सकिएलगत्तै लेखकले कैदीसँग साक्षात्कारसमेत गर्न कार्यक्रम तय गरिएको छ।

यस्तै पुस्तकालयको निगरानी र संरक्षणको लागि प्रत्येक कारागारमा ‘बुक क्लब’ समेत गठन गरिएको छ। गठित समितिले कारागारमा प्रत्येक शनिबार कैदीसँग र पुस्तकमाथिको समिक्षा गर्नेछ। कैदीले अध्ययन गरेको पुस्तकको समिक्षा र अध्ययनको आधारमै महिनाभरी सबैभन्दा बढी पुस्तक अध्ययन गर्ने कैदीलाई पुरस्कृत समेत गरिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।