धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले बारा र पर्सा जिल्लामा हावाहुरीको कारणले ज्यान गुमाएका परिवारलाई एक करोड राहत दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले जानकारी दिए।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा मन्त्री शाहले प्रदेश नम्वर २ सरकारको राहत कोषमा उक्त रकम पठाउने बताए। यस्तै मन्त्रिपरिषद्को बैठकले हावाहुरीका कारण प्रदेश २ मा भएको क्षति र घटनाप्रति दुःख समेत व्यक्त गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४