बिहीबार, वैशाख १३, २०८१

हुन्डरी पीडित : गाँस न बास, खुला आकाश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- राजधानीबाट प्रकाशित मंगलबारका राष्ट्रिय दैनिक अखबारहरुले बारा र पर्सामा आइतबार राति हुन्डरीले मच्चाएको वितण्डालाई मुख्य समाचार बनाएका छन् । 

हावाहुरीमा परि २७ जनाको मृत्यु भएको छ भने त्यसमा ४ जना भारतीय नागरिक पनि परेका छन् । हुन्डरी पछि अहिले पीडित बस्तिमा पानी खाने गिलास समेत छैन भने ओत लाग्ने किरियापुत्रीलाई पाल पनि छैन् । बस्ने बस्ने ठाउँ नभएपछि केहिले किरिया पनि स्थगित गर्नुपर्ने दर्दनाक अवस्था बारा र पर्सामा देखिएको छ । 

रातहका लागि सरकारदेखि विभिन्न संघ संस्था सक्रिए बनेपनि सबै पीडितको हातमा राहत पुग्न सकेको छैन् । प्रदेश २ सरकारले मृतकका परिवारलाई ३÷३ लाखका दर बाड्ने घोषणा गरेको छ भने केन्द्र सरकारले हावाहुरीबाट पीडितको उपचार र आवास बनाउने जिम्मा लिएको छ । 

यसै विषयलाई मुख्य समाचार बनाउँदै नयाँ पत्रिका दैनिकले 'गाँस न बास : खुला आकाश' शीर्षकमा खबर लेखेको छ । कान्तिपुर दैनिकले '३ मिनेटमै महाविनाश' शीर्षकमा खबर छापेको छ । अन्नपूर्णले 'कहालीलाग्दो त्यो एक मिनेट' शीर्षकमा प्रमुख खबर लेखेको छ भने नागरिक दैनिकले 'बारा पर्सामा हुन्डरीको बबन्डर' शीर्षकमा खबर लेखेको छ । 

आजका पत्रपत्रिकाले मौसम पूर्वानुमान महाशाखाले पूर्वअनुमान गर्न नसक्दा यति ठूलो क्षति भएको पनि उल्लेख गरेका छन् ।

पूर्व सुचना नदिइदा र सामान्य रुपमा हावाहुरीलाई लिदा ठूलो जनधन क्षति भएको पत्रपत्रिकाले लेखेका छन् । कान्तिपुरले 'तत्काल पूर्वानुमान नहुँदा हूलो क्षति' शीर्षकमा खबर छापेको छ भने अन्नपूर्णले 'मौसमविद् नै अन्योलमा' शीर्षकमा खबर लेखेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।