काठमाडाैं - प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले बारा र पर्साका हावाहुरी प्रभावितका लागि दुई दिनको पारिश्रमिक उपलब्ध गराउने भएका छन्। संघीय संसदमा प्रतिनिधित्व गर्ने सांसदबाट दुई दिन बराबरको पारिश्रमिक राहत स्वरूप सहयोग गर्ने निर्णय भएको प्रमुख सचेतक बालकृष्ण खाँणले बताए।
सत्तारुढ नेकपाले हावाहुरी पीडितलाई एक दिनको तलब दिने घोषणा गरेको केही बेरपछि कांग्रेसले यस्तो निर्णय गरेको हो। सत्तापक्ष र प्रतिपक्षबीच राहत घोषणामा प्रतिस्पर्धा नै देखिएको छ। कांग्रेसबाट संघीय संसदमा ६३ जना सांसद छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४