बिहीबार, वैशाख १३, २०८१

किन १० घण्टा बन्द भयाे अन्तर्राष्ट्रिय विमानस्थल?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज (सोमबार) देखि १० घण्टा बन्द भएको छ। विमानस्थल कार्यालयले आजदेखि आगामी असार १५ गतेसम्म विमानस्थल १० घण्टा बन्द गरिएकाे जानकारी दिएको छ। नयाँ समय तालिका अनुसार विमानस्थल अब बिहान ८ बजेदेखि राति १० बजेसम्म सञ्चालनमा आउनेछ। 

धावनमार्गमा नयाँ कालोपत्र गर्न विमानस्थल तीन महिनाका लागि बन्द हुने र उक्त समयका उडानलाई अन्य समयमा सारिने विमानस्थल कार्यालयले जानकारी दिएको छ।

दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि तीन महीना दैनिक १० घण्टा बन्द भएको हो। धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ।

विमानस्थल तीन महिनाका लागि राति बन्द हुने र उक्त समयका उडानलाई अन्य समयमा सारिने विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले बताए। उडानमा असर परे पनि विमानस्थल खुलेको समयमा सबै विमानले उडान र अवतरण गर्नेगरी तालिका मिलाइएको उनले बताए।

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एक मात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ। विमानस्थलको धावनमार्गमा बेलाबेला खाल्डाखुल्डी पर्ने र त्यसले गर्दा विमानहरूलाई उडान र अवतरण गर्न समेत समस्या हुँदै आएको थियो। त्यस्तो बेला धावनमार्गलाई टालटुल गरेर फेरि उडान नियमित गर्ने गरिएको थियो।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ। दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ। धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महीनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनीयरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो।

चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु ३ अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो। सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।