बुधबार, वैशाख १२, २०८१

बालुवा संकलनको अनुमति पाएपछि मजदुर खुशी

सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन्।
 |  शुक्रबार, भदौ ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ ४, २०७८

सिन्धुपाल्चोक- सावेल प्रयोग गरेर बालुवा निकाल्न पाउनुपर्ने माग राख्दै मेलम्ची नगरपालिका–१३ का स्थानीयवासी आन्दोलित भएका छन्। उक्त माग राख्दै वडाध्यक्ष, वडा सदस्य, राजनीतिक दलका प्रतिनिधि र मजदुरको संयुक्त टोलीले बिहीबार नगरपालिकामा ज्ञापनपत्र बुझाएका हुन्।

triton college

ज्ञापनपत्रमा सावेल प्रयोग गरेर मजदुरले नदीजन्य पदार्थ उत्खनन गर्न पाउनुपर्ने र वडा नं १३ बाट उठेको करको २५ प्रतिशत रकम सोही वडाको विकास निर्माणमा खर्च गर्नुपर्ने माग रहेको आन्दोलनका अगुवा शिवराम दङ्गालले बताए।

एस्काभेटर प्रयोग गरेर नदीजन्य पदार्थ उत्खनन गर्न दिइएको तर मजदुरले सावेल प्रयोग गरेर बालुवा झिक्दा नगरपालिकाबाट अवरोध गरिनु तर्कसङ्गत नरहेको भन्दै मजदुरले नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत अमृतकुमार धितालसमक्ष ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझ्दै धितालले मेसिन चलाउन रोक लगाइएको तर सावेल चलाएर बालुवा सङ्कलन गर्न सकिने जानकारी दिएको दङ्गालको भनाइ छ।

उनले बाँकी केही निर्णय कार्यपालिका बैठकबाट गर्ने भनेर तत्कालका लागि प्राविधिकको सिफारिसमा वडाभित्र कुनै पनि मेसिन चलाउन नपाइने र सावेल प्रयोग गरेर बालुवा झिक्न दिने मौखिक जानकारी दिइएको बताए। नगरपालिकाले सावेल प्रयोग गरेर बालुवा सङ्कलन गर्न दिने निर्णय गरेपछि यही पेशाबाट रोजीरोटी गर्दै आएका आदिवासी माझी तथा दनुवार समुदायका मजदुरले खुशी व्यक्त गरेका छन्।

प्रकाशित: Aug 20, 2021| 08:30 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।