बुधबार, वैशाख १२, २०८१

हावाहुरीले छिनभरमै लुटेको खुसी, राहत कुर्दै पीडित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम - बारा र पर्सामा आइतबार राति अचानक आएको हावाहुरीले छिनभरमै सयौं परिवारको खुसी लुटिएको छ। उनीहरु घरबारबिहिन भएका छन्। न खाने कुरा छ उनीहरुसँग न त ओत लाग्ने बास नै।

आइतबार राती एक्कासी आएको हावाहुरीका कारण बारा र पर्सामा गरी ३५ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन्।

मुख्यमन्त्री लालबाबु राउतसहित प्रदेश २ का मन्त्रीहरु जनकपुरबाट हावाहुरी प्रभावित क्षेत्र पुगेका छन्। मुख्यमन्त्री राउतसहित मन्त्रीहरुको टोली कलैया अस्पताल पुगेर घाइतेहरुसँग भेट गरेका छन्। घाइते भेट्न कलैया अस्पताल पुगेका मुख्यमन्त्री राउतले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन दिएका छन्।

घाइतेहरुसँगको भेटघाटपछि मुख्यमन्त्री राउतसहितको टोली बाराको हुरी प्रभावित क्षेत्र पुगेका छन्। राउत त्यहाँ पुगेर हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिएको बताइएको छ।

घरै भत्काउने गरी आएको हावाहुरीका कारण बारा जिल्लाका सयकडौं परिवार खुल्ला आकाशमूनी रात बिताउन बाध्य भएका छन्। घरबारविहीन भएपछि उनीहरुलाई खानेकुरा देखि पिउने पानीकोसमेत समस्या भएको छ।

घाइते भएकाहरुको अस्पतालमा उपचार भइरहेको छ भने ज्यान जोगाउन सफल भएकाहरु आ–आफ्ना गाउँमै छन्। विपद्को सामना गरिरहेका बाराका सयकडौं पीडितहरुबीच अहिलेसम्म राहतको लागि सरकारी टोली पुग्न नसकेपछि उनीहरु समस्यमा परेका छन्। सुरक्षाकर्मीले उद्धार कार्यमा सहयोग गरेपनि क्षतिपुगेका गाउँहरुमा स्वास्थ्यकर्मी पुग्न नसकेको उनीहरुको गुनासो छ। संघीय सरकारले पनि प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली पठाउन नसकेको बताइएको छ। विपद्बाट सबैभन्दा बढी वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्।

घटना भएको १५/१६ घन्टा बितिसकेपनि सरकार राहत टोली प्रभावित क्षेत्रसम्म पुग्न नसकेपछि पीडितहरु थप समस्यमा परेको आइतबार रातीदेखि राहतकार्यमा जुटेका खुल्ला दिसामुक्त अभियान बाराका आरएसएनका कार्यक्रम संयोजक विनोद महतो बताउँछन्। महतोका अनुसार हावाहुरीबाट विस्थापित भएका सयकडौं परिवार घरबारविहीन भएर विच्चलीमा रहेपनि संघ र प्रदेश सरकारको राहत टोली अझै प्रभावित क्षेत्रसम्म पुग्न सकेको छैन्।

घटनापछि लगातार बाराको सुवर्ण गाउँपालिकामा राहतकार्यमा जुटेका महतोले गाउँपालिकाले चिउरा, मुरीजस्ता खाद्यात्र सामाग्री वितरण गर्नुबाहेक सरकारको तर्फबाट राहतसम्बन्धी अन्य काम हुन नसकेको बताए।

हावाहुरीको ताण्डवपछि आफूहरु ठुलो समस्यामा परेको सुवर्ण गाउँपालिकाका अमरुल शेख बताउँछन्। खानपीनदेखि पिउने पानीकोसमेत समस्या आफूहरुलाई भएको उनको भनाइ छ।

कहिल्यै नदेखेको हावाहुरी

यसअघि पनि गर्मीको मौसममा हावाहुरी आउने गरेपनि आइतबार जस्तो भीषण हावाहुरी जीवनमा कहिल्यै नदेखेको प्रभावित क्षेत्रका स्थानीयहरु बताउँछन्। बाल्यकालदेखि अहिलेसम्म यस्तो भीषण हावाहुरी कहिल्यै नदेखेको बारा फेटाका उर्मिला सिंह बताउँछिन्। ‘हावाहुरीसँगै असिना पर्न थालेपछि सबैजना घरभित्र पसे,’ उर्मिला भन्छिन्, ‘घरको छाना नै उडेपछि अन्यत्र जाने ठाउँ नै बचेन्।’

कोठाभित्रबाट भाग्नलाई ढोका खोल्नासाथ छाना खस्यो भरवलियाका ७० वर्षीया कुसुम कलुले बताइन्। अाफुले भाग्न थोरै ढिलो गरेको भए ज्यानै जाने उनले बताइन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।