बुधबार, वैशाख १२, २०८१

हुरी प्रभावित क्षेत्रका घाइतेको उपचारमा रगत अभाव

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम- बारा र पर्सामा हावाहुरीका कारण घाइते भएकाहरुको उपचारका लागि रगत अभाव भएको छ । हावाहुरीबाट पाँच सयभन्दा बढी स्थानीय घाइते भएपछि उपचारका लागि वीरगन्ज अस्पतालमा रगतको अभाव भएको हो ।

एकैचोटि धेरै घाइतेहरुलाई रगतको आवश्यक पर्दा रगत अभाव भएको जनाइएको छ । उपचारका लागि रगत अभाव भएपछि उद्वारमा खटिएका सुरक्षाकर्मी रक्तदानमा जुटेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण रक्तदानमा जुटेको बताइएको छ ।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले ट्विट गर्दै रगत अभाव भएकाले रक्तदान गरेर सहयोग गर्न आग्रह गरेका छन् । वीरगन्ज अस्पतालमा रगतको अभाव भएको भन्दै तत्काल रक्तदान गरेर सहयोग गर्न झाले ट्विट गरेर आग्रह गरेका छन् ।

हावाहुरीका कारण बारा र पर्सा गरी हालसम्म ३५ जनाको मृत्यु भएको छ भने पाँच सयभन्दा बढी घाइते भएका छन् । बाराको भलुही, भरबलिया, फेटा, चैनपुर, धर्मपुरलगायतका गाउँहरु हुरीबाट बढी प्रभावित भएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।