बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सशस्‍त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान 

सशस्‍त्र प्रहरी महानिरीक्षक खनालबाट दर्ज्यानी चिन्ह प्रदान 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सशस्‍त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्‍त्र प्रहरी उपरीक्षकमा पदोन्‍नती भएका अधिकृतहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्। मंगलबार सशस्‍त्र प्रहरी बलको प्रधान कार्यालय हलचोकमा आयोजित कार्यक्रममा खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

नेपाल सरकार सचिवस्तरको यही चैत्र १५ गतेको निर्णयले उनीहरुको पदोन्‍नती भएको थियो। सशस्‍त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीकता तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा पुर्‍याएको योगदानको समेत मूल्यांकन गर्दै पदोन्‍नती गरिएको चर्चा गरेका थिए। खनालले आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिएका थिए। 

उनले सकल दर्जालाई राष्ट्रसेवाका क्षेत्रमा आ–आफ्नो तहबाट पूर्णरुपमा व्यावसायीक भई जिम्मेवारी निर्वाहमा सधै तल्लीन रहन आग्रह गरेका थिए। उनले सकारात्मक सोचका साथ अगाडी बढे संगठनलाई सफलतामा पुग्न सहज हुने बताएका थिए। 

खनालले सशस्त्र प्रहरी अधिकृतहरुले राष्ट्र र संगठनबाट प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्दै फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद विपदमा उद्धार
कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहनुपर्ने बताए।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।