काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपीएल)मा डेभिड वार्नर र जोनी ब्रास्टाले आइपिएलमा नयाँ कीर्तिमान बनाएकान छन् । आइतबार रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्धको खेलमा सनराइजर्स हैदरावाद लागि ओप्नर ब्याटिङ गर्न आएका वार्नर र ब्रास्टोले १ सय ८५ रनको साझेदारी गर्दै नयाँ रेकर्ड बनाएका हुन् ।
वार्नर र ब्रास्टोले गौतक गम्बिर र क्रिस लिनको नाममा रहेकाे ओप्नर ब्याटिङको साझेदारीमा सर्वाधिक रन बनाउने रेकर्डलाई तोड्दै आफ्नो नाममा गरेका हुन् ।
यसअघि २०१७ मा कोलकाता नाइट राइडर्सका लागि ओप्नर ब्याटिङ गर्न आएका गम्भिर र लिनले अविजित १ सय ८४ रनको साझेदारी गर्दै रेकर्ड बनाएका थिए । राजकोटमा भएको खेलमा गम्भिर र लिनले गुजराँत लायन्सविरुद्ध ओप्नर ब्याटिङको साझेदारीको सर्वाधिक रन बनाउने रेकर्ड बनाएका थिए ।
आइपिएलमा साझेदारीमा सर्वाधिक रन बनाउने रेकर्ड भने विराट कोहली र अभि डेभिलियर्सको नाममा छ । कोहली र डेभिलियर्सले २ सय २९ रनको सर्वाधिक रन बनाउने साझेदारीको रेकर्ड बनाएका छन् ।
टस हारेर ब्याटिङ गरेको हैदरावाद लागि पहिलो विकेटका लागि १ सय ८५ रनको साझेदारी गरेका थिए । ब्रास्टोले उक्त रेकर्डसँग बराबरी गर्न १ सय १४ रनको योगदान दिए ।
उनले ५६ बलमा १२ चौका र ७ छक्का प्रहार गर्दै १ सय १४ रुनको सतकिय पारी खेले । उक्त सतक जारी सिजनको दोस्रो सतक समेत हो । त्यस्तै वार्नरले उक्त रेकर्डका लागि ७१ रनको योगदान दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४