मंगलबार, वैशाख ११, २०८१

ओखलढुंगामा जिप दुर्घटना, ६ को मृत्यु, तीन घाइते

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सोलुखुम्बुबाट काठमाडौंका लागि गुडेको बा१५च २२०७ नम्बरको जिप आइतबार ओखलढुंगाको भँडारेखोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना घाइते भएका छन्।

मानेभञ्ज्याङ गाउँपालिका–६ हिलेपानीमा अपराह्न दुर्घटना उनीहरुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका सई भोजनारायण श्रेष्ठले जानकारी दिए। मृत्यु हुनेमा ताप्लेजुङ ओलाजुङका ५५ वर्षीय मिङ्मा शेर्पा, ताप्लेजुङ फत्तालुङका ४५ वर्षीय साम्गेल शेर्पा, काठमाडौं बौद्धका ४० वर्षीय ङवाङ शेर्पा र ३५ वर्षीय नोर्बु शेर्पाको रहेका छन्। अन्यको सनाखत हुन बाँकी छ।  

दुर्घटनामा एक बालकसहित तीन जना गम्भीर घाइते भएका छन्। घाइतेलाई उपचारका लागि काठमाडौं ल्याइँदैछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।