एजेन्सी-इंग्लिस प्रिमियर लिगमा म्यान्चेष्टर सिटी लिभरपुललाई पछि पार्दै लिगको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राती भएको खेलमा फुलह्यामलाई २-० गोल अन्तरले पराजित गर्दै सिटी लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
सिटीले शीर्ष स्थानमा दोस्रो स्थानको लिभरपुल भन्दा १ अंकको अग्रता बनाएको छ । दुबै टोलीले समान ३१ खेल खेल्दा सिटी लिभरपुल भन्दा १ अंकले अगाढी रहेको छ । सिटीको जितमा बर्नाल्डो शिल्भा र सर्जियो अग्युरोले एक एक गोल गरे ।
दुबै गोल खेलको पहिलो हाफमा सम्भब भएका थिए । खेलको पाँचौ मिनेटमा शिल्भाले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै अग्युरोले २७ औ मिनेटमा गोल गर्दै सिटीलाई महत्वपूर्ण सहज जित दिलाए ।
शीर्ष स्थानको सिटीले ३१ खेलबाट ७७ अंक जोडेको छ । दोस्रो स्थानको लिभरपुलले ७६ अंक जोडेको छ । लगातार आठौं हार व्यहोरेको फुलह्याम १७ अंक सहित रेलिगेशन जोनमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४