एजेन्सी- क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको युभेन्ट्सले इटालियन सिरी ‘ए’ फुटबलमा संर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले इम्पोलीमाथी १-० को संघर्षपूर्ण जित निकालेको हो ।
घरेलु मैदानमा युभेन्ट्सको जितका लागि खेलको एक मात्र निर्णायक गाले मोइस किनले गरेका हुन् । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा केनले गोल गर्दै टोलीलाई हारबाट बचाए ।
दोस्रो हाफमा मैदन प्रवेश गरेका किनले मैदान प्रवेश गरेको तिन मिनेट नबित्दै उत्कृष्ट गोल गरेका हुन् । उनी खेलको ६९ औं मिनेटमा ब्लेइस माटुइडीको स्थानमा मैदान प्रवेश गरेका थिए । खेलको ७२ औं मिनेटमा किनले गोल गर्दै युभेन्ट्सलाई महत्वपुर्ण ३ अंक दिलाए ।
जितसँगै युभेन्ट्सले युभेन्ट्सले २९ खेलबाट ७८ अंक जोड्दै शीर्ष स्थानमा १८ अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको नेपोलीको ६० अंक रहेको छ । पराजित इम्पोली २७ अंकसहित १७ औं स्थानमा रहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४