शुक्रबार, वैशाख १४, २०८१

अरुण तेस्रोमा लगानी जुट्यो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं – सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाका लागि आवश्यक लगानी जुटेको छ। शनिबार सम्पन्न लगानी सम्मेलनमा स्टेट बैंक अफ इण्डिया, एभरेष्ट बैंक र नबिल बैंकले संयुक्त रुपमा लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन्। 

लगानीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएलगत्तै आयोजनाले गति लिने विश्वास गरिएको छ। सो आयोजनामा स्टेट बैंक इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२ दशमलव ६१ करोड र नबिल बैंकले ४८७ दशमलव ५८ करोड लगानी गर्ने भएका छन्। 

लगानी सम्मेलनमा भएको यो नै ठूलो लगानीसम्बन्धी सम्झौता हो। सम्झौतामा सतलज विद्युत् निमगका अध्यक्ष शतिशकुमार शर्मा र स्टेट बैंक अफ इण्डियाका असिस्टेन्ट जनरल म्यानेजर सरोती विनोद कुमार, एभरेष्ट बैंकका डिजिएम गिरिश कोहली र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले हस्ताक्षर गरे। 

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ। आयोजनाको कूल लागत रु एक खर्ब १४ अर्ब बराबर रहेको छ। लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतजल विद्युत् निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो। सोही सम्झौताका आधारमा प्रवद्र्धक कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गत वैशाखमा सो आयोजनाको शिलान्यास गरेका थिए। जलप्रवाहमा आधारित सो आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइको हो। 

सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले आयोजना नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ। आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ। बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ। आयोजनाबाट नेपालले कूल रु एक खर्ब ६ अर्बभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ। बोर्डको तथ्याङ्कअनुसार आयोजनाबाट नेपाललाई कूल रु तीन खर्ब ३८ अर्बभन्दा बढी आर्थिक लाभ हुनेछ। विश्वव्यापी खुला प्रतिस्पर्धाबाट सतलजले यो आयोजना निर्माणको जिम्मा पाएको हो। वित्तीय स्रोत जुटाएको ५ वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ। रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्