बिहीबार, वैशाख १३, २०८१

आज 'गेमचेन्जर' परियोजनामा सम्झौता हुँदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - लगानी सम्मेलनको पहिलो दिन विभिन्न स्वदेशी तथा विदेशी लगानीकर्ताले लगानीको घोषणा गरेका छन्। शुक्रबारदेखि सुरु सम्मेलनमा सरकारले आह्वान गरेका विभिन्न ७७ परियोजनामा लगानीको प्रतिवद्धता आइरहेको छ। शनिबारसम्म चल्ने सम्मेलनमा आज पनि विदेशी लगानीकर्ताको लगानी प्रतिवद्धता आउने अपेक्षा गरिएको छ।

विभिन्न परियोजनामा सम्झौता र समझदारी गरेर तेस्रो लगानी सम्मेलन शनिबार सकिदैछ। काठमाडौंको होटल सोल्टीमा जारी सम्मेलनको दोस्रो दिन लगानीकर्ताहरुका अनुभव समेटिएका विभिन्न सत्रमा छलफल पछि सम्झौता र समझदारीमा हस्ताक्षर गर्ने कार्यक्रम छ। सरकार र विदेशी लगानीकर्ताबीच शनिबार करिब एक दर्जन परियोजनामा समझदारी तथा सम्झौता हुँदै छ। सार्वजनिक तथा निजी दुवै क्षेत्रका विदेशी लगानीकर्ताले कृषि, जलविद्युत् र सडक परियोजनामा लगानी सम्झौता गर्नेछन्। केही ‘गेमचेन्जर’ परियोजनामा लगानी गर्न विकास साझेदारसँग समझदारी (एमओयू) हुने लगानी बोर्डले जानकारी दिएको छ।

शनिबार विदेशी लगाननीकर्ताद्वारा लगानी प्रस्ताव आएका १२ वटा आयोजना र परियोजनामा एमओयू गरिँदै छ। यसपछि ती आयोजनाहरु सम्बन्धित लगानीकर्ताका लागि सरकारले ‘रिजर्भ’ गर्नेछ।  

नेपालमा लगानीको सम्भावना रहेका कृषि, बन, पूर्वाधार विकासका सत्रहरुमा पनि समूहगत छलफल हुनेछ । सम्मेलनका क्रममा १२ वटा विभिन्न परियोजनामा लगानी सम्बन्धी सम्झौता र समझदारी हुने लगानी बोर्डले जानकारी दिएको छ। गैर आवासीय नेपाली संघ र सरकारबीच पूर्वाधारमा लगानी गर्ने गरी १० अर्बको कोष स्थापना गर्ने सम्झौता पनि हुन लागेको छ ।

शुक्रबार सूर्य नेपालका प्रबन्ध–निर्देशक अभिमन्यु पोद्दारले करिब ६ अर्ब लागतमा लक्जरी होटेल खोल्ने घोषणा गरेका छन्। मुथुट ग्रुपका अध्यक्ष एमजी जर्ज मुथुटले नेपालका बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने बताए। उनले नेपालको शिक्षा क्षेत्रमा समेत लगानी गर्ने अवसर खोजिरहेको बताए। सुडानका लागि नेपालका अवैतनिक महावाणिज्यदूत अब्बास अलबखित माउसाले नेपालमा ठूलो होटेलमा लगानी गर्ने बताए। त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा एचएच बजाजका प्रबन्ध निर्देशक शेखर गोल्छाले अटोमोबाइलको एसेम्बलसँग सम्बन्धित उद्योग खोल्ने बताए। सिल्भर हेरिटेज ग्रुपका प्रमुख कार्यकारी अधिकृत साइक बोलसोभरले झापामा पाँचतारे होटल खोल्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।