एजेन्सी-भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटमा सनराईजर्स हैदरवादले आफ्नो पहिलो जित निकालेको छ । शुक्रबार राती भएको खेलमा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै हैदरवादले पहिलो जित निकालेको हो ।
राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य पछ्याएको हैदरावादले १९ ओभरमा मात्र ५ विकेट गुमाउदै उक्त लक्ष्य भेट्टाएको हो । हैदरवादका लागि ओपनर डेभिड वार्नरले ६९ रनको अर्धशतकीय पारी खेले ।
उनले ३७ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६९ रन जोडेका हुन् । यस्तै जोनी बैरस्टोले ४५ तथा विजय शंकरले ३५ रन बनाए । युसुफ पठान १६ तथा राशिद खान १५ रनमा अविजित रहे । राजस्थानका श्रेयस गोपालले ३ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ९८ रन बनाएको थियो । राजस्थानको लागि सन्जु सामसनले अविजित रहदै १ सय २ रनको शतकीय पारी खेले पनि टोलीको जितका लागि प्रयाप्त भएन् ।
५५ बल खेलेका सन्जुले १० चौका र ४ छक्का प्रहार गरे । जारी आईपीएलमा सामसनको शतक पहिलो शतक हो । त्यस्तै कप्तान अजिंका रहानेले ७० रनको अर्धशतकीय पारी खेले । हैदरवादका राशिद खान र शहबाज नदीमले एक एक विकेट लिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४