शनिबार, वैशाख ८, २०८१

निजी स्कुल भन्छन् : प्रदेश २ को सबै परीक्षा स्थगित गर

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम-लगातार दुई वटा विषयको परीक्षा अघि नै प्रश्नपत्र बाहिरिएपछि निजी विद्यालयले प्रदेश २ को सबै परीक्षा स्थगित गर्न सरकारसँग माग गरेको छ। एन प्याब्सन, प्याब्सन र मधेस प्याब्सनको केन्द्रीय समितिले शुक्रबार जनकपुरमा संयुक्त पत्रकार सम्मेलन गरेर यस्तो माग गरेका हुन्। प्रदेश २ विज्ञान र सामाजिक विषयको प्रश्नपत्र बाहिरिएको छ ।

पछिल्ला दुई दिनको घटनाक्रमपछि परीक्षामा सहभागी हुन विद्यार्थी मानसिक तनावमा देखिएको भन्दै निजी विद्यालयका विभित्र संगठनले परीक्षा स्थगित गरी नयाँ तालिका सार्वजनिक गर्न सरकारसँग माग गरेका हुन्।

पत्रकार सम्मेलनमा एनप्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले यसअघि सम्पत्र भइसकेको र हुन बाँकी परीक्षाका प्रश्नपत्रहरु सुरक्षित रहेको ग्यारेन्टी नभएकाले परीक्षा स्थगित गरी अर्को तालिका सार्वजनिक हुनुपर्ने बताए ।

‘दुई दिन लगातार परीक्षा स्थगित भएको छ । विद्यार्थी तनावमा देखिएका छन्,’ सापकोटाले भने, ‘व्यवस्थाका कारण तनावमा परेका विद्यार्थीको जबरजस्ती परीक्षा लिनु उपयुक्त देखिँदैन।’

विद्यार्थीलाई तयारीको उपयुक्त समय दिएर नयाँ तालिका सार्वजनिक गर्न उनले सरकारलाई सुझाव दिए । नयाँ तालिका घोषणा गरी परिणामचाहिँ एकसाथ आउने गरी व्यवस्था सरकारले मिलाउनुपर्ने अध्यक्ष सापकोटाले जिकिर गरे ।

माध्यमिक तहमा दुईजना नियन्त्रक राख्ने व्यवस्थाका कारण यस्ता त्रुटि देखिएको भन्दै उनले एसइई परीक्षाको औचित्य पुष्टि गर्नसमेत माग गरे । ‘नौ देखि कक्षा १२ सम्म माध्यमिक तह भइसकेको छ,’ सापकोटाले भने, ‘कक्षा १० माध्यमिक तहको न त इन्ट्री न त एक्जिट प्वाइन्ट पर्दछ । त्यसो भए राष्ट्रियस्तरमा किन परीक्षा लिनपर्यो ?’ सापकोटाले घटना छानबिन गर्न स्वतन्त्र छानबिन समिति बनाउन माग गरेका छन् ।

यसैगरी प्याब्सनका केन्द्रीय महासचिव कुमार घिमिरेले प्रश्नपत्र बाहिरिने घटना गम्भीर रहेको भन्दै यस्ता घटनाले विद्यार्थी र अभिभावकलाई अपूरणीय क्षति भएको बताए । विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता विषयलाई गम्भीरताका साथ लिँदै सरकारले दोषीलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने घिमिरेको भनाइ छ । घिमिरेले अन्यायमा परेका विद्यार्थीलाई न्याय दिलाउन आफूहरु सधैं प्रतिबद्ध रहने उल्लेख गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।