मंगलबार, वैशाख ११, २०८१

भर्जिन जंगलमा जीप सफारीको मज्जा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
वीरगंज - देशकै कान्छो निकुञ्ज घोषित पर्सा राष्ट्रिय निकुञ्जमा  मध्य तराईमा जंगल सफारीको लागी चितवनको सौराहा नै बारम्बार घुम्न बाध्य पर्यटकको लागी 'भर्जिन' जंगल सफारीको अनुभव दिलाएर आकर्षित गर्ने  प्रयास गरिरहेको छ।

चितवन राष्ट्रिय निकुञ्जसँग सीमा जोडिएको पर्सा राष्ट्रिय निकुञ्जमा जीप सफारीको माध्यमबाट पर्यटकले भर्जिन जंगलको घुमघामको आनन्द प्राप्त गर्नेक अवसर पाएका हुन्।
 
देशकै अति व्यस्त मानिने चितवन राष्ट्रिय निकुन्जको तुलनामा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटकको भिडभाड ज्यादै न्यून हुने भएकोले शान्त वातावरणमा प्रकृतिको सुन्दरतालाई नजिकबाट नियाल्ने अवसर प्राप्त हुन्छ।



यसअघि वन्यजन्तु आरक्षको रुपमा रहेकोले यहाँ पर्यटन प्रवर्द्धननको लागी सरकार र निजी क्षेत्र दुबैले चासो देखाएका थिएनन्।

निकुञ्ज घोषणा गरिएपछि निजी क्षेत्रले जीप मार्फत जंगल सफारी सेवा शुरु गरेको छ। शुरुमा निजगढमा‌ होटल व्यवसाय सञ्चालन गरिरहेका यूवराज लामाले जीप सफारी सेवा शुरु गरेकोमा अहिले होटल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन शर्माले समेत जीप सफारी संचालनमा ल्याएका छन्।

चुरेको फेददेखि तराईको समथर भूभागसम्म ६२८ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको यो निकुञ्ज पश्चिममा चितवन, उत्तरमा मकवानपुर, पूर्वमा बारा र दक्षिणमा पर्सा जिल्लासँग जोडिएको छ। 

निकुञ्ज प्रवेशको लागी बाराको सीमराबाट १२ किलोमिटरको दूरीमा अवस्थित 'आधाभार हात्तीसार' सबैभन्दा उपयुक्त प्रवेशद्वार हो। त्रिभूवन राजपथ छेउमा अवस्थित नेपाल आयल निगमको इन्धन डिप्पोलाई बायाँ पार्दै कच्ची सडकबाट करिब सात सय मिटरभित्र निकुञ्जको मुख्य प्रवेशद्वार पुग्न सकिन्छ।



हेटौंडाबाट जम्मा २० किलोमिटर र वीरगंजबाट ३३ किलोमिटर दुरीमा अवस्थित भएकोले सडक मार्गबाट एक घण्टाको यात्रामा‌ सहजै पुग्न सकिन्छ।

प्रवेशद्वारमा रहेको रिसोर्टमा केहीबेर आराम र खानपिनपछि ४ घण्टाको जीप सफारीमा निस्किन सकिन्छ। १५ जनासम्म अट्ने जीपको ४ घण्टाको लागि प्रति व्यक्ति जम्मा १ हजार रुपैयाँ शुल्क तोकिएको छ। पर्यटन व्यवसायीले जीपबाट २८ किलोमिटर टाढा रामभौरीभाठा पुर्याएपछि पुुनस् अर्को मार्गबाट अमलेखगंज हुँदै शयर गराउँछन्।

समय अभाव हुने पर्यटकले एक घण्टाको हात्ती शयर गर्दै पर्यापर्यटनको अद्भूत आनन्द लिन सक्ने सुविधा समेत उपलब्ध रहेको 'अमलेखगंज  एलिफेन्ट भिलेज रिसोर्ट' संचालक समेत रहेका शर्माले जानकारी दिए। नौवटा हात्ती रहेको हात्तीसारमा एक घण्टा हात्ती शयरको लागी प्रतिव्यक्ति नेपाली नागरिकलाई ६ सय रुपैयाँ, सार्क मुलुकका नागरिकको लागी १ हजार पाँच  सय रुपैयाँ र तेस्रो मुलुकका पर्यटकको लागि ४ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ।

चितवनको सौराहामा सामुदायीक वन क्षेत्रमा कृत्रिम‌झैं‌ लाग्ने जंगलको शयरबाट अघाएका पर्यटकको लागी यहाँको हात्ती शयरले प्रकृतिसँग साक्षात्कार गराउँछ। यहाँको रिसोर्ट सस्तो भएकोले सीमित बजेटमा जंगल सफारी र रात्री आवासको अनुभव लिन चाहने पर्यटकका लागी पनि उपयुक्त गन्तव्य हो। 

होटल तथा पर्यटन व्यवसायी सङ्घका अनुसार निकुञ्जको हात्तिसारबाट जम्मा १२ किलोमिटर दूरीमा अवस्थित एकदेखि चारतारे स्तरसम्मको होटलमा समेत आफ्नो बजेट अनुसारको प्याकेज रोजेर घुमघामको आनन्द प्राप्त गर्न सकिन्छ। 

जीपबाट ४ घण्टाको जङ्गल सफारीको क्रममा पृष्ठभूमीबाट आउने जंगली जनावर र चराचुरुङ्गीको मन्त्रमुग्ध बनाउने आवाजसँगै एेतिहासिक 'कामिनी दह', हलखोरिया दह, रातोमाटे दह, कालीमाटी दहको अवलोकनसँगै जंगलमा विचरण गरिरहेका गौरी गाई, चित्तल, हरिण, जरायो, पाटे बाटघ, चितुवा पर्याप्त मात्रामा देख्न पाइन्छ। यो निकुञ्ज जंगली हात्तीको मुख्य बासस्थान समेत हो। निकुञ्जभित्र समुद्री सतहबाट पाँच सय मिटर उचाईमा रहेको प्रसिद्ध धार्मिक स्थल रामभौरी भाठा मन्दिर दर्शनको लागी छोटो पदयात्राको आनन्द समेत लिन सकिने निकुञ्ज प्रमुख अमिर महर्जनले बताए।

यो मन्दिरको प्राङ्गणबाट पश्चिममा चितवन राष्ट्रिय निकुञ्ज, उत्तरमा मकवानपुरको चुरे भावर क्षेत्र, पूर्व र दक्षिणमा बारा र   पर्साको हरियाली जंगलले जोकोहीलाई  मन्त्रमुग्ध बनाउँछ।

भीडभाडले भरिपूर्ण शहरी जीवनको भागदौडबाट मुक्त भएर ग्रामीण परिवेशमा शान्तिको अनुभूति लिन मन पराउनेको लागी स्वर्णपुरमा गाउँलेले संचालन गरेको 'होम स्टे' को बसाई पनि अविस्मरणीय हुनसक्छ। तामाङ बस्तीमा परम्परागत खानासँगै ग्रामीण परिवेशमा आत्मिय आतिथ्यताले पर्यटकको मन लोभ्याउँछ।

निकुञ्ज प्रमुख महर्जनका अनुसार चालू आवको ७ महीनामा पर्सा राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा गत वर्षको पहिलो सात महिनाको तुलनामा १५ प्रतिशतले वृद्धि भएको छ।

होटल तथा पर्यटन व्यवसायी सङ्घ बाराका अध्यक्ष मोहन शर्माले वीरगंज र भारतको सीमावर्ती रक्सौलबाट निकुञ्ज घुम्न आउनेको संख्या उल्लेख्य रहेको बताए।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।