बुधबार, वैशाख १२, २०८१

सुपरहिट डेब्यु गरेर गायब कलाकार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
विवेक मुसरान 

बलिउडमा १९९१ म रिलिज भएको ब्लोकबस्टर फिल्म सौदागरबाट इन्ट्री गर्ने एक्टर विवेक मुसरान यतिबेला सानो पर्दामा देखिने गरेका छन्। विवेक टेलिभिजन सो ‘मै मायके चली...’मा लिड रोलमा छन्। उनले आफ्नो करियरको पहिलो फिल्म सुपरहिट दिएका थिए। यसपछि उनी केही फिल्ममा देखिए। त्यसपछि उनलाई खासै सफलता हात लागेन।

भाग्यश्री

१९८९ मा फिल्म ‘मैने प्यार किया’ बाट भाग्यश्रीले बलिउडमा डेब्यु गरेकी हुन्। उनले सलमान खानसँग लिड रोलमा खेलेकी थिइन्। फिल्मले उल्लेख्य सफलता हासिल गर्‍यो र भाग्यश्री रातारात स्टार बन्न पुगिन्। यस फिल्मपछि उनले बिहे गरिन्। त्यसपछि उनी पारिवारिक जीवनमा बिजी भइन् र फिल्म जीवनबाट लामो ब्रेक लिइन्। भाग्यश्रीले पनि थुप्रै टिभी सोमा काम गरेकी छन्। अब उनका छोराको फिल्म ‘मर्दको दर्द नही होला’ रिलिज हुँदैछ।

अनु अग्रवाल

फिल्म ‘आशिकी’ ले अनु अग्रवाललाई फिल्म दुनियाँमा प्रवेश गर्नेबित्तिकै निकै उचाइमा पुगाइदिएको थियो। यसपछि पनि उनको ‘गजब तमासा’, ‘खलनायिका’, ‘कन्यापदान’ र ‘किंग अंकल’ जस्ता फिल्म आए। तर कसैले पनि जादु गर्न सकेनन्। १९९६ मा अन्तिम फिल्म ‘रिटर्न अफ ज्वेनल थिफ’ मा देखिएकी थिइन् । तर यसपछि उनी चलचित्रजगलबाट बिदा भइन्। केही समयपहिले उनको एउटा तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो।

सुमित सहगल

१९८७ मा फिल्म ‘इन्सानियत के दुस्मन’ बाट बलिउडमा इन्ट्री गरेकी सुमित सहगलले सन्जय दत्त र गोविन्दासँग थुप्रै फिल्म खेले। १२ वर्षसम्म बलिउडको अग्रपंक्तिमा रहेर काम गरेका सहगल १९९५ मा एका एक ठूलो पर्दाबाट गाएब भए। लामो समयपछि उनी २००७ मा भने एउटा फिल्ममा देखापरेका थिए।

हरीश कुमार

हरीश कुमारले थुप्रै बलिउड फिल्ममा प्रशंसनीय अभिनय गरेका थिए। बच्चाको अभिनय गरेका उनले ९० को दशकमा थुप्रै फिल्ममा अभिनय गरेका थिए। पछि उनी १९९५ तिर ठूलो पर्दाबाट एकाएक गायब भए। एनले हिन्दी, तेलुगु, तमिल, कन्नड र मलयालम फिल्ममा काम गरेका छन्। उनले करिब ३०० फिल्ममा काम गरेका छन्। 

पछि उनको तौल बढ्दै गयो। मोटोपनका कारण उनको लुक पुरै फेरियो। यस कारण उनले काम पाउन पनि छोडे। बिस्तारै उनी बलिउडबाट गायब हुन पुगे।

चन्द्रचूड सिंह

‘माचिस’, ‘दाग दी फायर’, ‘जोश’, र ‘क्या कहना’ जस्ता सुपरहिट फिल्म दिएपछि कलाकार चन्द्रचूड सिंह फिल्मी दुनियाँमा सफल हुन सकेनन्। उनी पछि बिरामीका कारण अभिनय क्षेत्रकाट टाढा हुन पुगे। उनलाई सन्चो हुन निकै समय लाग्यो। यतिबेला उनी अभिनयबाट टाढा छन्।

अरमान कोहली

१९९२ मा फिल्म ‘विरुद्ध’ बाट फिल्ममा डेब्यु गरेका अरमान कोहलीले थुप्रै फिल्ममा काम गरेका छन्। उनी थुप्रै फिल्ममा साइड एक्टरका रुपमा देखिएका थिए। उनी २०१५ मा आएको ‘प्रेम रचन धन पायो’ मा छोटो भूमिकामा देखिए। जुन उनको फिल्मी करियरको अन्तिम फिल्म बनिदियो। त्यसयता उनी फिल्ममा देखिएका छैनन्। 

जुगल हंसराज

‘पापा कहते है’ र ‘मोहब्बते’ जस्ता फिल्ममा काम गरेका जुगल हंसराजले करियरको सुरुवातमा ८ सालको उमेरबाट अभिनय गर्न सुरु गरेका थिए। नायकको रोलमा सक्सेलफुल फिल्म दिएका उनलाई खासै सफलता मिल्न सकेन। भारतीय सञ्चारमाध्यमका अनुसार यतिबेला उनी जुगल हंसराज आफ्नो साथी क्रिएटिभ डायरेक्टरका रुपमा काम गरिरहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।