शनिबार, वैशाख ८, २०८१

सम्पूर्ण अपडेट- आज के-के भयो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- आज चैत १४ गते बिहीबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

लगानी सम्मेलनमा प्रदेश एकका खर्बाैंका परियोजना

शुक्रबार र शनिबार काठमाडौंमा चल्ने लगानी सम्मेलनमा प्रदेश १ का विभिन्न ५ परियोजनाहरूको प्रस्ताव गरिएको छ। कृषि, जलविद्युत, विमानस्थल देखि पर्यटकीय क्षेत्र सम्मका विभिन्न पाँच परियोजनाहरु सरकारले सम्मेलनमा प्रस्ताव गरेको छ।

केन्द्रीय सदस्यसहित सुर्खेतबाट विप्लवका दुई कार्यकर्ता प्रक्राउ

प्रतिबन्धित नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना कार्यकर्ता सुर्खेतमा प्रक्राउ परेका छन्  प्रक्राउ पर्नेमा विप्लव निकट अखिल क्रान्तिकारी महिला संघका केन्द्रीय गोमा खड्का (ओली) र जिल्ला कमिटी सदस्य शिद्धबहादुर खड्का रहेका छन्।

यस्ता छन् मन्‍त्रिपरिषद बैठकका २२ निर्णय

सरकारले गत चैत ७ र ११ गते मन्त्रिपरिषद बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।

लगानी सम्मेलनका लागि यस्तो छ सुरक्षा योजना

मुलुकको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न शुक्रबारदेखि काठमाडौंमा सुरु हुने तेस्रो लगानी सम्मेलन २०७५ का लागि सरकारले ‘एकीकृत सुरक्षा योजना’ बनाएर लागू गरेको छ।

स्वदेश आइपुगे 'प्रचण्ड'

पत्नी सीता दाहालको उपचारका लागि अमेरिका गएका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेपाल आइपुगेका छन्। मंगलबार राति ११ बजे न्यूयोर्कस्थित जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलबाट स्वदेश फर्केका उनी बिहीबार दिउँसो स्वदेश आइपुगेका हुन्।

जनकपुर बम काण्ड : पूर्वराज्य मन्त्री संजय साहसहित सातजनालाई जन्मकैद

पाँच जनाको ज्यान जानेगरी जनकपुरमा गराइएको बमकाण्डमा पूर्वराज्यमन्त्री संजय साहसहित सात जनालाई जन्मकैदको सजाय सुनाइएको छ। जिल्ला अदालत धनुषाका न्यायाधीश राजेश कुमार कटुवालको एकल इजलाशले शाहलाई जन्मकैदको फैसला सुनाएको हो।

'उत्पात मच्चाउने विप्लवलाई नियन्त्रणमा लिएरै छोडिन्छ'

प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई नियन्त्रणमा लिएरै छोड्ने बताएका छन्। उनले कम्युनिष्टको बर्को ओढेर गिरोहका नाममा उत्पात मच्चाउनेलाई सरकारले कानूनबमोजिम कारबाही गरेरै छोड्ने प्रतिवद्धता दोहोर्‍याए।

राजनीतिक संरक्षणमै भ्रष्टाचार : नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ठुला नेताहरुकै संरक्षणमा भ्रष्टाचार हुने गरेको आरोप लगाएका छन्। भ्रष्टाचारका कारण मुलुक दलदलमा फसेपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही गर्न नसक्नु दुखद भएको उनले बताए। नेपाल प्रेस युनियन धनुषाले बिहीबार जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले राजनीतिक संरक्षणविना ठुला काण्डहरु हुनै नसक्ने दाबी गरे।

'मुलुकको समृद्धिका लागि विदेशी पूँजी र प्रविधि आवश्यक'

 प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशी पूँजी र प्रविधिको प्रयोगबाट समृद्धि ढिला हुने भएकाले विदेशी पूँजी र प्रविधि भित्र्याउनु आवश्यक रहेको बताएका छन्। वर्तमान सरकार राजनीतिक अधिकार प्राप्तिका प्रयासलाई संस्थागत गरेर आर्थिक विकासमा केन्द्रीत भएको बताउँदै उनले त्यसका लागि लगानी सम्मेलनको आयोजना गरेको दाबी गरे।

पूर्व सेनापतिले भने,  'विप्लवविरुद्ध सेना-पुलिस नलगाऊ'

पूर्वप्रधानसेनापति राजेन्द्र क्षत्रीले नेत्रविक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग औपचारिक वार्ताबिनै सेना–प्रहरी परिचालन गरेर नियन्त्रणमा लिन खोज्‍नु मुलुकका लागि घातक हुनसक्ने चेतावनी दिएका छन्। 

एथलेटिक्स संघ निलम्बनमा पर्नसक्ने

इन्टरनेशनल एशोसिएशन अफ एथलेटिक्स फेडेरेसन (आइएएएफ)ले नेपाल एथलेटिक्स संघलाई निलम्बनको चेतावनी दिएको छ । आइएएएफले युवा तथा खेलकूद मन्त्रालयलाई पत्रचार गर्दै नेपाल एथलेटिक्स संघले समयमै निर्वाचन गर्न नसकेको कारण देखाउँदै निलम्बन गर्ने चेतावनी दिएको मन्त्रालयले जनाएको छ ।

एसईईको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द

प्रदेश २ मा एसईईको विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द भएको छ। परीक्षा हुनु अगावै प्रश्नपत्र बाहिरिएपछि प्रदेश दुईमा विज्ञान विषयको परीक्षा रद्द गरिएको हो। सप्तरीमा एसईई परीक्षाको एक दिन अगावै प्रश्न पत्र बाहिरिएको फेला परेको थियो।

कर्मचारी समायोजन सकियो, यस्तो छ विवरण

सरकारले कर्मचारी समायोजनको काम सकेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिहीबार पत्रकार सम्मेलन गर्दै कर्मचारी समायोजनको काम सक्किएको घोषणा गरेको हो।

भारतका विदेश सचिव किन आउँदैछन् नेपाल ? 

भारतका विदेश सचिव विजय गोख्ले नेपालको दुई दिवसीय औपचारिक भ्रमणमा आज बिहीबार काठमाडौँ आउँदैछन्। नेपालको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा बुझ्नका लागि गोख्ले नेपाल आउन लागेका हुन् । 

दाउरा लिन गएका राम र हर्क आठ वर्षसम्म फर्केनन्

जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । 

प्रदेश २ को सामाजिक विकास मन्त्रीकै जिल्लामा अमर्यादित एसइई

यसअघि परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आइहरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) को व्यवस्थापन गर्ने जिम्मा प्रदेश सरकारले पाएको छ। मुलुक संघीयतामा गइसकेपछि अधिकार प्रत्यायोजन गर्दै परीक्षा सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारले पाएको हो।

दर्जन जर्नेलको जिम्मेवारी फेरबदल, सैनिक प्रवक्तामा पाण्डे 

नेपाली सेनाका १२ जना सहायकरथीहरुको जिम्मेवारी फेरबदल भएको छ ।

बाँदरको आतंक : सम्पदामा आक्रमण, मान्छेमा रोग 

प्रमुख सम्पदा क्षेत्रमा धेरै बाँदर जम्मा हुन थालेपछि मूर्त अमूर्त संस्कृतिमै असर पुग्न थालेको छ । 

मेस्सीले कोपा अमेरिका खेल्ने

स्टार खेलाडी लियोन मेस्सीले राष्ट्रिय टोलीबाट यस सिजनको कोपा अमेरिका खेल्ने भएका छन् । आउदो जुनबाट ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा मेस्सीले खेल्ने पक्का भएको अर्जेन्टिनी राष्ट्रिय टोलीका प्रशिक्षक लियोनेल स्कालोनी बताएका छन् ।

‘जो निरन्तर तीन हप्ता सुतिन्’

रोडा रोडड्रिगुज डिइजी (२१) करिब ३ हप्ता निरन्तर सुतिन्। यस अन्तरालमा  उनले   सुत्ने, उठ्ने र शौचालय जाने बाहेक अन्य केही पनि गरिनन्। 

आमिरकी छोरी इरालाई कस्ले गर्‍यो चुम्बन?

आमिर खान यतिवेला आफ्नो आगामी फिल्म ‘लाल सिंह चड्ढा’लाई लियर चर्चामा छन्। आमिरले फिल्मको सुटिङसमेत सुरु गरिसकेका छन्। फिल्ममा आमिरले सरदारको भूमिका निर्वाह गरेका छन्। यस्तै यतिवेला आमिरकी छोरी इरा पनि आफ्नो एउटा तस्बिरलाई लिएर चर्चामा छिन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।