काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी भैरहेको बताएका छन्।
बङ्गलादेशको राजदूतावासले बिहीबार काठमाडौंमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए। उनले पछिल्लो समय दुई देशबीच ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेका बताए।
नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमासमेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले ऊर्जा व्यापार प्रवद्र्धन एवं विस्तारका लागि उपक्षेत्रीय एवम् क्षेत्रीय स्तरमा पनि दुई देशबीच साझेदारी भएको बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४