बिहीबार, वैशाख १३, २०८१

दाउरा लिन गएका राम र हर्क आठ वर्षसम्म फर्केनन्

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
धम्बोझी- जङ्गलमा घाँस, दाउरा लिन गएका राममिलन लोध र जमुनीका हर्कबहादुर शाही आठ वर्षदेखि बेपत्ता छन् । 

गुलरिया नगरपालिका–८ का राममिलन लोध विसं २०६७ देखि बेपत्ता छन् । भारतीय प्रहरीले आठ वर्षदेखि बेपत्ता राखेको पीडित परिवारले आरोप लगाएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङले बताए । उनले भने, “यसबारेमा भारतीय प्रहरीसँग जानकारी माग्दैछौँ ।” 

घाँस, दाउरा गर्न गएका उनीसहित अन्य नेपाली भारतीय वन समयमाता मन्दिरको घना जङ्गलमा पुगेका थिए । जङ्गलमा नेपाली देखेपछि भारतीय वनरक्षकले गोली चलाएका थिए । गोलीले घाइते भएका उनलाई भारतीय प्रहरीले नै मोटरसाइकलमा राखेर उपचारका लागि लगेको र अहिलेसम्म थप कुनै जानकारी नदिएको लोधकी श्रीमती पार्वतीले बताइन् । 

विसं २०६७ फागुन ५ गते नै बढैयाताल गाउँपालिकास्थित जमुनीका हर्कबहादुर शाहीलाई पनि भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेका थिए । वन तस्करी गरेको भन्दै उनीमाथि गोली प्रहार गरिएको थियो । घाइते अवस्थामै उनलाई भारतीय सुरक्षाकर्मीले बेपत्ता पारेको परिवारको आरोप छ । दुवैको अवस्था अहिलेसम्म पनि अज्ञात नै छ । 

लोधलाई गोली हान्ने क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर सँगै गएका राधेश्याम लोध पनि घाइते भएका थिए । दुवैलाई भारतको मूर्तिहास्थित वन विभागका वन रक्षकले गोली चलाएको पार्वतीले बताए । घटनालगत्तै एसएसबीले लोधको नेपाली नागरिकताको प्रतिलिपिसमेत मागेर लगेको परिवारले बताए । वनरक्षकले उनलाई उपचारका लागि भारत उत्तरप्रदेश राज्यस्थित बहराइच लगेको जानकारी दिएका थिए । 

घटनालगत्तै बहराइचस्थित सरकारी तथा निजी अस्पतालमा खोजतलास गरे पनि फेला नपरेको आफन्तको दाबी छ । पीडित परिवारले जिल्ला प्रशासन कार्यालयसहित भारतीय वन कार्यालयमा अवस्था सार्वजनिक गर्न माग गर्दै आएका छन् । गुलरिया नगरपालिकाको प्रमुख मुक्तिनाथ यादवले भारतीय वन रक्षकबाट बेपत्ता पारिएका लोधको खोजी राज्यले गर्नुपर्ने बताए।  लोधका श्रीमती एक छोरी र दुई छोरा छन् । रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।