बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • दर्जन जर्नेलको जिम्मेवारी फेरबदल, सैनिक प्रवक्तामा पाण्डे 

दर्जन जर्नेलको जिम्मेवारी फेरबदल, सैनिक प्रवक्तामा पाण्डे 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- नेपाली सेनाका १२ जना सहायकरथीहरुको जिम्मेवारी फेरबदल भएको छ ।

केही समयअघि मात्र सैनिक प्रवक्ता नियुक्त भएका सहायकरथी यामप्रसाद ढकाललगायतका सहायकरथीहरुको जिम्मेवारी परिवर्तन गरिएको छ । सहायकरथी ढकाललाई पूर्वी पृतना अन्तरगत धनकुटाको हिलेस्थित २ नम्बर बाहिनीको बाहिनीपतिको जिम्मेवारी दिइएको छ । 

सहायकरथी विज्ञानदेव पाण्डे सैनिक प्रवक्तामा नियुक्त भएका छन् । पाण्डे १९ वाहिनीमा कार्यरत थिए ।

त्यसैगरी सहायकरथीहरुमा दामोदर थापा भ्याली पृतनामा,रामनाथ ढुंगाना पोखरा पृतनामा , अर्जुन श्रेष्ठ राष्ट्रिय निकुन्ज निर्देशनालयमा, हिरालाल जोशी शान्ती सेना निर्देशनालयमा, होमनाथ दवाडी ५ बाहिनीमा सरुवा भएका छन् ।

त्यसैगरी सहायकरथी शुसिल भण्डारी १९ बाहिनी, सागर केशी कल्याणकारी निर्देशनालयको निर्देशकमा, योगराज शर्मा सम्भाररथीको कार्यालय, कुमार लामा सैनिक गूप्तचर महानिर्देशनालय र दिपक बानिया २४ बाहिनीमा सरुवा भएका छन् ।प्रधानसेनापतिको सचिवालयमा महासेनानी टंक भट्टलाई ल्याइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।