बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • अध्यादेश अनुसार संशोधित नियमावली राजपत्रमा प्रकाशित, दल दर्ताका लागि नेपालले पुनः निवेदन दिनुपर्ने

अध्यादेश अनुसार संशोधित नियमावली राजपत्रमा प्रकाशित, दल दर्ताका लागि नेपालले पुनः निवेदन दिनुपर्ने

बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ।
 |  बिहीबार, भदौ ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ३, २०७८

काठमाडौं- बुधबार जारी भएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८का आधारमा राजनीतिक दलसम्बन्धी नियमावली संशोधन भएको छ। संशोधित नियमावली नेपाल राजपत्रमा प्रकाशनसमेत भएको छ। 

triton college

राजपत्रमा नियमावली प्रकाशनमा आएपछि बुधबार दल दर्ताका लागि निवेदन दिएका नेकपा एमाले(समाजवादी) र जसपा (लोकतान्त्रिक)का लागि दल दर्ताको मार्ग प्रशस्त भएको छ। नियमावली नभएका कारण नयाँ दल दर्ताको प्रक्रिया अगाडि बढ्न सकेको थिएन। 

यसअघि नै माधवकुमार नेपाल र महन्थ ठाकुरले नयाँ दल दर्ताका लागि आवेदन दिएका भए पनि संशोधित नियमावली राजपत्रमा प्रकाशन नभएकाले उनीहरूले दिएको निवदेन काम नलाग्ने भएको थियो। राजपत्रमा नियमावली प्रकाशन भएसँगै उनीहरू दुवै पक्षले दल दर्ताका लागि नयाँ निवेदन दिनुपर्ने भएको छ। 

संशोधित नियमावलीअनुसार महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र नयाँ दल भएको दलको हकमा त्यस्तो दल दर्ता हुँदाको बखतका केन्द्रीय समितिको २० प्रतिशत वा सोभन्दा बढी सदस्य वा त्यस्तो दलको सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले एकैपटक भन्ने शब्द राखिएको छ। 

यस्तै सङ्घीय संसद्को संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी सदस्यले छुट्टै दल बनाउन निवेदन दिएकामा त्यसरी निवेदन दिने सदस्य संसदीय दलको २० प्रतिशत वा सोभन्दा बढी रहे/नरहेका सम्बन्धमा आयोगले सङ्घीय संसद् सचिवालयमा पत्राचार गरी बुझ्नसक्ने व्यवस्था छ। 

corrent noodles
Metro Mart

अध्यादेशका आधारमा जारी भएको नियमावलीअनुसार छुट्टै नयाँ दल गठन भएकामा त्यस्तो दल गठन हुनुभन्दा अघिको दलको तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य वा स्थानीय तहका सदस्यले दल गठन भएको २१ दिनभित्र प्रदेशसभा सदस्यले प्रदेश निर्वाचन कार्यालय र स्थानीय तहका सदस्यले जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भई जिल्ला निर्वाचन अधिकारीसमक्ष सनाखत गर्नुपर्नेछ। 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

प्रकाशित: Aug 19, 2021| 22:47 बिहीबार, भदौ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...