मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • काम नगर्ने ठेकेदारसँग ठेक्का तोड्न उर्जा मन्त्रीको निर्देशन

काम नगर्ने ठेकेदारसँग ठेक्का तोड्न उर्जा मन्त्रीको निर्देशन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले ठेक्का लिएर काम नगर्ने आयोजनाको ठेक्का तोड्न निर्देशन दिएका छन्। उर्जामन्त्रालयको दोस्रो चौमासिक प्रगति समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा उनले मातहतका निकाय तथा कर्मचारीलाई उक्त निर्देशन दिएका हुन्।

लामो समयदेखि समस्याको रुपमा रहेका आयोजनाको हल गर्नका लागि विशेष व्यवस्था गर्ने प्रस्ताव समेत वैठकमा उनले पेश गरेका छन्। समस्याका रुपमा रहेका आयोजनाको हकमा विशेष व्यवस्था गर्ने भन्दै त्यसका लागि संयन्त्र निर्माण गर्ने उनले बताए। ‘आयोजनाको ठेक्का लिने तर काम नगर्ने, समय मात्र थप्ने, उच्च तहबाट दबाब दिनेहरुको ठेक्का तोड्नुहोस्,’ उनले मातहतका निकायलाई निर्देशन दिए ‘त्यस्ता ठेकेदारहरुलाई अर्को पटक पनि ठेक्का नदिनुहोस्।’
 
केही ठेकेदारहरुको काम नगर्ने र आयोजना होल्ड गरेर मात्र राख्ने प्रवृति रहेको उनको भनाइ छ। शक्तिकेन्द्रलाईभन्दा पनि देश र जनतालाई केन्द्रमा राखेर पारदर्शी रुपमा काम गर्न मातहतका निकायलाई उनको निर्देशन छ।

उनका अनुसार सरकारको प्राथमिकताका आधारमा मन्त्रालयअन्तर्गतका काम अघि बढाइनेछ। विगतको जस्तो हचुवाको भरमा योजना छनौट गर्ने प्रवृतिलाई निरुत्साहित गरिनेछ। प्राथमिकता र मन्त्रालयले जारी गरेको स्वेतपत्रअनुसार काम अघि बढाउन उनको निर्देशन छ। ‘अबदेखी हुचवाको भरमा काम नगर्नुहोला, योजना छनौट गर्दा प्राथमिकता र मन्त्रालयको योजनाअनुसार गर्नुहोला,’ उनले भने।

उनले योजना बनाउदा सिंगो देश र आवश्यकतालाई हेरेर बनाउनु पर्ने बताए। आयोजना छनौट गर्दा दबाव दिने प्रवृतिलाई निरुत्साहित गरेर अघि बढ्नु पर्ने, विनियोजित बजेट सतप्रतिशत खर्च गर्नुपर्ने बताए। आगामी वर्षको वजेटमा नचाहिने आयोजना झिक्ने र सरकारको प्राथमिकता अनुसार नयाँ आयोजना छनौट गर्न जानकारी गराए।

एकिकृत सिंचाइ र उर्जा कार्यक्रम पहाडका सिंचाइ योग्य ठाँउमा सिंचित क्षेत्र बढाउनको लागि अघि सारेको भन्दै उक्त योजनालाई प्राथमिकतामा राखेर अघि बढाउने बताए। भेरी ववई, सिंक्टा र रानिजमरा लगायतका राष्ट्रिय गौरवका आयोजनाका प्रमुखहरुलाई प्रतिवद्धता गरेअनुसार समयमै काम गरेर देखाउन मन्त्री पुनले सचेत गराए। ‘तपाईहरुले मन्त्रालयलाई प्रतिवद्धता जनाएअनुसार काम गरेर देखाउनुहोस्, मैले प्रधानमन्त्रीलाई पनि जवाफ दिनुपर्छ, मलाई जसरी पनि परिणाम चाहिन्छ’, उनले बैठकमा भने।  

बैठकमा विद्युत प्राधिकरण मातहतका कम्पनीको अवस्थाको बारेमा समेत जानकारी मागेका थिए। माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा लगानी थप्ने बारेमा पहल गर्ने उनको भनाइ छ। मन्त्री पुनले अनावश्यक गाडी खरिद गर्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउदै आवश्यकता भए मात्र खरिद गर्नु पर्ने निर्देशन दिए।

आधा दर्जन मन्त्री फेरीयो कर्णाली परियोजना उस्तै

विद्युत र सिंचाइ परियोजनाको अध्ययन गर्ने काम पेशा–व्यवसायजस्तो भएको भन्दै मन्त्री पुनले असन्तुष्टि जनाए। ‘परियोजनाको जहिले पनि अध्ययन मात्र भइरहेको छ भन्ने तर अध्ययन कहिले पनि नसकिने रोग देखियो,’ उनले भने ‘परियोजना फिजिवल छ भने अघि बढाऔं छैन भने प्रोजेक्ट बैंकमा राखौं।’ अध्ययन मात्र भइरहेको छ भनेर गुमराहमा नराख्न निर्देशन दिए।

उनले कर्णाली जलविद्युत परियोजनाको उदाहरण दिंदै मन्त्रालयमा आधा दर्जन मन्त्री  र सचिव फेंरीदा समेत अध्ययन नसकिएको भन्दै परियोजना पेशाको रुपमा अघि बढेकोप्रति असन्तुष्टि जनाएका हुन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्