शुक्रबार, वैशाख ७, २०८१

वरिष्ठ पशु विकास अधिकृत घुससहित पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – वरिष्ठ पशु विकास अधिकृतसहित दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जनकपुरबाट घुस रकमसहित पक्राउ गरेको छ।

राइबोजियम तथा घाँसेबारी बीउ बिजन प्रयोगशाला जनकपुरमा कार्यरत वरिष्ठ पशु विकास अधिकृत डा.रामगुलाम यादव र पशु प्राविधिक जागेश्वर चौधरीलाई अख्तियारको टोलीले मंगलबार घुससहित पक्राउ गरेको हो।

सम्पत्र भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग ४० हजार घुस लिइरहेको अवस्थामा वरिष्ठ पशु अधिकृत यादव र पशु प्राविधिक चौधरीलाई अख्तियारको बर्दिवास कार्यालयबाट गएको टोलीले पक्राउ गरेको हो।

अधिकृत यादव र प्राविधिक चौधरीले सम्पत्र भइसकेको कार्यको भुक्तानी आदेश दिन सेवाग्राहीसँग घुस मागेका थिए। पक्राउ परेका दुबै जनामाथि थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।