शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता

एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको आधिकारिक बिक्रेता

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- एलआर मोटर्स ब्याप्को लुब्रिकेन्ट्सको नेपालका लागि आधिकारिक बिक्रेताका रुपमा नियुक्त भएको छ। बिक्रेतामा नियुक्त भएसँगै बहराइन पेट्रोलियम कम्पनीको उक्त लुब्रिकेन्ट्सलाई एलआर मोटर्सले नेपालभर बिक्री गर्न शुरु गरेको हो।

बहराइन सरकारको स्वमित्व रहेको ब्याप्को उच्च गुणस्तरको लुब्रिकेन्ट्सका रुपमा बिश्वभर प्रख्यात रहेको कम्पनीको दावी छ।  नेपाली बजारमा यसको अटोमोटिभ र इन्डस्ट्रियल गरी दुवै सेग्मेन्टका लुब्रिकेन्ट्स उपलव्ध गराइएको कम्पनीका प्रवन्ध निर्देशक लक्ष्मी झाले बताइन्।

हाल नेपाली बजारमा उपलव्ध अन्य लुब्रिकेन्ट्सका तुलनामा उच्च गुणस्तरिय बिशेषताका कारण लुब्रिकेन्ट्स छिट्टै लोकप्रिय बन्ने समेत उनले विश्वास लिएकी छिन्। ‘यसमा भएको बिशेष गुणका कारण लुब्रिकेन्ट्स प्रयोग भएको सवारीसाधनले राम्रो पफमेन्स दिनुको साथै इन्जिनको आयु समेत बढाउँछ’, उनले भनिन्।

बजारमा यसको पूर्ण सिन्थेटिक, सेमी सिन्थेटिक र मिनरल बेसका लुब्रिकेन्ट्सहरु उपलव्ध गराइएको कम्पनीले जानकारी गराएको छ। ब्याप्कोलाई बिश्व प्रख्यात अटोमोबाइल ब्राण्ड मर्सिडिज, पोर्से, भल्भो र क्युमिन्स लगायत ब्रान्डले समेत ओईएममा प्रयोग गर्न सिफारिस गरेको कम्पनीको दावी छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्