शनिबार, वैशाख ८, २०८१

बंगलादेश नेपालमा लगानी गर्न इच्छुक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- उर्जा,जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन र नेपालका लागि बंगलादेशी राजदुत मस्फी विन्तेबीच भेटवार्ता भएको छ।

भेटमा बंगलादेशी राजदुत विन्तेले नेपाल सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा बंगलादेशबाट निजी क्षेत्रको सहभागीता रहने जानकारी दिइन्। ‘साथै उर्जा क्षेत्रमा लगानी गर्न बंगलादेश सरकार इच्छुक छ,’ उनले भनिन्।

सिंहदरबारस्थित उर्जामन्त्रालयमा मंगलबार भएको भेटवार्तामा दुई देशबीचको द्धिपक्षिय हितका साथै आपसी सहयोगका विषयमा छलफल भएको थियो। भेटमा मन्त्री पुन र राजदुतबीच नेपाल- बंगलादेशबीचमा भएका सहमती, सहकार्यका विषयमा छलफल भएको मन्त्रालयको भनाइ छ।

बंगलादेशमा केही समयअघि मात्र नयाँ सरकार बनेको भन्दै सो सरकारसँग उर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल ईच्छुक रहेको मन्त्री पुनले भेटको अवसरमा राजदुत विन्तसमक्ष राखे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्