काठमाडौं- नेपाली राष्ट्रिय फुबबल टोली कुवेतसँगको दोस्रो मैत्रिपूर्ण खेलमा पराजति भएको छ । सोमबार राती भएको खेलमा नेपाल कुवेतसँग १-० को झिनो अन्तरले पराजित भएको हो ।
घरेलु टालीलाई जित दिलाउन कुवेतका युसुफ नासिरले खेलको एक मात्र निर्णायक गोल गरे । उनले खेलमो २९ औं पेनाल्टीमा गोल गर्दै कुवेतलाई जित दिलाए । पहिलो खेलमा गोलहित बराबरी खेलेको नेपालले दोस्रो मैत्रिपूर्ण खेलमा भने कुवेतलाई रोक्न सकेन् ।
दोस्रो खेलमा पनि कुवेतलाई बराबरीमा रोक्ने लक्ष्यका साथ मैदान उत्रिएकाो नेपालको योजना बिफल भयो । यस पराजितसँगै नेपालले कुवेतसँगको दुई मैत्रिपूर्ण खेलमा १ खेलमा हार र १ खेलमा बराबरी सहित अन्त्य गरेको छ ।
मुख्य प्रशिक्षक योहान कालिनले नेपाली राष्ट्रिय टोलीले समग्रहमा राम्रो खेलेको बताएका छन् । ‘हामीले राम्रो खेल्यौ दुर्भाग्य पेनाल्टीमा गोल भयो समग्रमा हामीले कुवेतलाई कडा टकर दियौं ।’ मुख्य प्रशिक्षक कालिनले भने, ‘यो प्रतियोगिताले हाम्रो कमजोरी पता लगाउन ठुलो सयोग भयो । जहाँ हामी सेट्पिस र फर्वाडमा हामी केही कमजोर देखीएका छौं ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४