बिहीबार, वैशाख १३, २०८१

कांग्रेस बैठक : सरकारले विप्लवलाई उत्तेजित बनायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - सरकारले विप्लव समूहलाई प्रतिबन्ध लगाएर झनै उत्तेजित बनाउन खोजेको  नेपाली कांग्रेसले आरोप लगाएको छ। सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेत्रविक्रम चन्द समूहलाई प्रतिबन्ध लगाउनु बेठीक भएको निष्कर्ष निकालेको हो।

कांग्रेसले विप्लव समूहलाई हत्या हिंसा र हतियारको राजनीति छाडेर शान्तिपूर्ण राजनीतिमा आउन आग्रहसमेत गरेको छ। यसकालागि सरकालाई पहल थाल्न कांग्रेसले आग्रहसमेत गरेको छ। चन्द समूहलाई प्रतिबन्ध लगाउँदा द्वन्द्व बढ्न सक्ने भन्दै दुबै पक्ष संवादमा आउनुपर्ने कांग्रेसको भनाइ छ।

यस्तै कांग्रेसले संघीय संसदमा पेश गरिएको ‘राष्ट्रिय सुरक्षा परिषदको काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रधानमन्त्री आफैले सेना परिचालन गर्ने प्रावधानसहित ल्याइएको सो विधेयक संविधान प्रतिकूल हुनेगरी आएको निष्कर्ष निकाल्दै कांग्रेसले तत्काल फिर्ता लिन सरकारसँग माग गरेको हो।

बैठकले संघीय संसदमा पेश गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ स्वीकार्य नहुने पनि स्पष्ट पारेको छ। तेश्रो अधिवेशनको समीक्षा गर्दैै कांग्रेसले संसदको हिउँदे अधिवेशनमा प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु भए पनि प्रभावकारी नभएको निष्कर्ष निकालेको छ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।