शनिबार, वैशाख ८, २०८१

जनकपुर अञ्‍चल अस्पताल आफै आइसीयूमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
जनकपुरधाम – झण्डै एक वर्षअघि सुरु भएको जनकपुर अञ्चल अस्पतालको सघन उपचार कक्ष (आइसीयू) अहिले आफै आइसीयूमा पुगेको छ। विशेषज्ञ चिकित्सक नहुँदा अस्पतालको आइसीयूमा भर्ना हुने बिरामीले सास्ती खेप्नु परेको छ।

अस्पताल परिसरभित्रै रहेको आइसीयूले आवश्यकताअनुसारको सेवा दिन नसकेपछि उपचारका लागि बिरामी जनकपुर बाहिर जान बाध्य हुँदै आएका छन्।

धनुषाको नौवाखोर परसाही बस्ने असर्फी मिश्र सिकिस्त विरामी भएपछि परिवारका सदस्यहरुले सोमबार अपरान्ह जनकपुर अञ्चल अस्पताल लगेका थिए। डाक्टरले जाँच गरिसकेपछि मिश्रलाई आइसीयूमा भर्ना गर्न सल्लाह दिए। डाक्टरकै सल्लाहअनुसार तीन हजार शुल्क बुझाएर आफन्तले मिश्रलाई आइसीयूमा भर्ना पनि गराए। तर, भर्ना भएको केहिबेरमै आइसीयूमा एनेसथेसियन नरहेकोले तत्काल बाहिर लान डाक्टरले भनेको मिश्रका आफन्त जीवु मिश्रले बताए।

अस्पतालको आइसीयूमा १० वटा बेड छ। तर, उपयुक्त सेवा प्रवाह नभएपछि अहिले मुश्किलले २/३ जना बिरामी उपचारको लागि त्यहाँ पुग्ने गरेको अस्पताल स्रोतले बतायो। आइसीयुमा फिजिसियन, सर्जनलगायतका चिकित्सक रहेपनि एनेसथेसियासम्बन्धी चिकित्सक नहुँदा सेवा प्रभावित भएको बताइएको छ।

यसअघि एकजना एनेसथेसियनलाई अस्पतालले नियुक्त गरेपनि शर्तअनुसारको सुविधा उपलब्ध नगराएपछि सेवा दिन छोडेका छन्। आइसीयूका लागि प्रमुख भेन्टिलेटरमा बिरामी राख्नुपरेको अवस्थामा एनेसथेसियन जरुरी हुन्छ। तर, विशेषज्ञ नै नभएपछि सेवा प्रभावित भएको अस्पतालका एक चिकित्सकले बताए। यसअघि भरिभराउ रहने आइसीयू अहिले प्रायः खाली रहने गरेको उनको भनाई थियो।

जनकपुर अस्पतालमै आइसीयू सञ्चालनमा आएपछि सर्पदंश, दम, सवारी दुर्घटनामा परेका सिकिस्त बिरामीहरुलाई उपचार गराउन सहज थियो। तर, पछिल्लो तीन सातादेखि आइसीयूमा राख्नुपर्ने बिरामीले चाहेअनुसारको सेवा पाउन सकेका छैनन्।

अस्पताल स्रोतका अनुसार शल्यक्रियाका लागि अस्पतालमा एनेसथेसियन हुँदाहुँदै उयुक्त सेवा सुविधा नदिँदा उनीहरुले आइसीयू जान छोडेका छन्। शल्यक्रियाका साथै आइसीयूमा सेवा दिए वापत ती चिकित्सकहरुलाई दुई सय प्रतिशत भत्ता दिने शर्तमा तत्कालीन मेसु डा. रामपरीक्षण यादवले भर्ना गरेका थिए। तर, केहि महिनाअघि नियुक्त भएका मेसु डा. नागेन्द्र यादवले यो सुविधा कटौती गरेका छन्।

शल्यक्रियाको लागि नियुक्ति दिइएको र आइसीयूमा अतिरिक्त काम गरे वापत अतिरिक्त सुविधा पाउनुपर्ने भन्दै ती चिकित्सकहरुले मेसुलाई पत्र नै दिएका छन्। तर, मेसुलाई पत्र बुझाएको तीन साता बितिसक्दापनि यसबारे कुनै निर्णय गर्न नसकेको अस्पताल स्रोतले बतायो।

यता निमित्त मेसु डा. जामुनप्रसाद सिंहले भने आइसीयूमा चिकित्कससम्बन्धी कुनै समस्या नरहेको दाबी गरेका छन्। अस्पतालले आइसीयूलाई आवश्यक पर्ने सबै चिकित्सक नियुक्त गरेको उनको भनाइ छ।

डोर हाजिरीमा ४४ जना भर्ना

अस्पतालको आइसीयूमा कार्यरत चिकित्सकहरुलाई सेवा सुविधा कटौती गरेका अस्पतालका मेसु डा. नागेन्द्र यादवले आफू नजिकका ४४ जनालाई डोर हाजिरीमा राखेका छन्।
यसअघिका मेसु डा. रामपरीक्षण यादवले नियुक्त गरेका कर्मचारीहरुलाई अवकास दिँदै अहिलको मेसु डा. नागेन्द्रले सामाजिक विकास मन्त्रालयको सहमति लिएर ४४ जनलाई डोर हाजिरीमा भर्ना गरेको बताइएको छ।

मेसु यादवले डोर हाजिरी अर्थात दैनिक ज्यालादारीमा ८ जना मेडिकल अधिकृत, २० जना स्टाफ नर्स, एकजना माइक्रोवायोलोजिस्ट, २ जना कम्ययुटर अपरेटर, ७ जना कार्यालय सहायक र ७ जना सफाइ कर्मचारी नियुक्त गरेका छन्।

डोर हाजरीमा नियुक्त भएका मेडीकल अधिकृतले ३४ हजार २ सय २०,स्टाफ नर्सले २३ हजार ५ सय,कार्यालय सहायकले १६ हजार २ सय ३०,कम्प्युटर अपरेटरले १७ हजार २ सय पचास, स्विपरले १३ हजार ५ सय र माइक्रोवायोलोजिस्टले ३० हजार ५ सय रुपैयाँ हरेक महिना तलब उठाउँदै आएका छन्। डोर हाजिरीमा नियुक्त गरिकालाई अस्पतालले प्रति महिना ९ लाख ४६ हजार ५ सय ५० रुपैयाँ तलब बुझाउँदै आएको छ।

दरबन्दीका ८९ र अस्पताल विकास समितिमार्फत १२४ जना डाक्टर तथा कर्मचारी छँदापनि डोर हाजिरीमा भर्ना गरिएपछि अस्पतालभित्र अनियमितताको आशंका उब्जिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।