बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • केन्द्र तथा प्रदेश सरकारबीच समन्वय नभएको भन्दै नेकपाभित्र गुनासो

केन्द्र तथा प्रदेश सरकारबीच समन्वय नभएको भन्दै नेकपाभित्र गुनासो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडाैं - नेकपा संसदीय दलको बैठकमा सांसदहरूले प्रदेश तथा केन्द्र सरकारबीच समन्वय अभाव भएको गुनासो गरेका छन्।

पार्टीको संसदीय दलको सोमबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मात्र बोल्ने कार्यक्रम भए पनि नेकपाका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनुवारले समय लिएर यस्तो गुनासो राखेका थिए। उनको गुनासोलाई अधिकांश सांसदले समर्थन गरेका थिए। उनले विकास निर्माणका लागि प्रस्ताव गर्दा प्रदेशले केन्द्र र केन्द्रले प्रदेश सरकारसामु देखाउने गरेको गुनासो गरेका थिए।

बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सांसदहरुलाई आआफ्नो क्षेत्रमा गएर विकास निर्माणमा ध्यान दिन निर्देशन दिएका थिए। ‘अब तपाइँहरु गाउँ जानुस्, जनताले जे भन्छन् त्योअनुसार गर्नुस्, काठमाडौंमा फेरि एक महिनापछि भेटौंला’, ओलीलाई  उधृत गर्दै एक सांसदले भने। प्रधानमन्त्री ओलीले संसद्को तेस्रो अधिवेशनमा निर्वाह गरेको भूमिकाप्रति सबै सांसदहरुलाई धन्यवाद दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।